पाकिस्तानको व्यापार घाटा घट्यो, निर्यातमा उल्लेखनीय वृद्धि | Khabarhub Khabarhub

पाकिस्तानको व्यापार घाटा घट्यो, निर्यातमा उल्लेखनीय वृद्धि


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानले चालु आर्थिक वर्षको मे महिनामा आफ्नो व्यापार घाटामा उल्लेखनीय सुधार गरेको छ । पाकिस्तान तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार, देशको व्यापार घाटा मे महिनामा दुई अर्ब ६१ करोड ९० लाख अमेरिकी डलरमा सीमित भएको छ, जुन अघिल्लो अप्रिल  महिनामा तीन अर्ब ४२ करोड २० लाख डलर थियो । यो २३ दशमलव पाँच प्रतिशतले घटेको हो ।

यो सुधारको मुख्य कारण देशको निर्यातमा भएको १७ दशमलव ४ प्रतिशतको वृद्धि र आयातमा आएको ७ दशमलव ६ प्रतिशतको गिरावट हो । 

वैशाख महिनामा दुई अर्ब १७ करोड ४० लाख डलर बराबरको वस्तु निर्यात भएको थियो भने मे महिनामा यो मात्रा बढेर दुई अर्ब ५५ करोड ३० लाख डलर पुगेको छ । 

उता, आयात भने घटेर पाँच अर्ब १७ करोड २० लाख डलरमा झरेको छ, जुन वैशाख महिनामा पाँच अर्ब ५९ करोड ६० लाख डलर थियो ।

वर्षेनी तुलना गर्दा व्यापार घाटा बढ्दो

यद्यपि मासिक रूपमा घाटा घटे पनि, अघिल्लो वर्षको सोही महिनासँग तुलना गर्दा पाकिस्तानको व्यापार घाटा बढेको देखिन्छ । गत वर्षको मे महिनामा पाकिस्तानले दुई अर्ब ८३ करोड ९० लाख डलर बराबरको वस्तु निर्यात गरेको थियो, जुन यस वर्ष १० दशमलव एक प्रतिशतले घटेर दुई अर्ब ५५ करोड ३० लाख डलरमा सीमित भएको छ। उता, सोही अवधिमा आयात भने ५ दशमलव दुई प्रतिशतले बढेर पाँच अर्ब १७ करोड २० लाख डलर पुगेको छ ।

हालसम्मको ११ महिनाको विवरण

सन् २०२४ को साउनदेखि २०२५ को मे सम्मको ११ महिनाको अवधिमा पाकिस्तानको कुल व्यापार घाटा २४ अर्ब डलर पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रहेको २१ अर्ब ६९ करोड ८० लाख डलरको तुलनामा १० दशमलव ६ प्रतिशतले बढी हो ।

यस अवस्थाले पाकिस्तानलाई वैदेशिक मुद्राको सञ्चिति, उद्योग उत्पादन, रोजगारी तथा मुद्रा सटही दरमा समेत असर पार्न सक्ने अर्थ विशेषज्ञहरूको अनुमान रहेको छ । रासस
 

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ६ : ४७ बजे

श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागूऔषध दुर्व्यसनी स्कूलका विद्यार्थी

श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागूऔषध दुर्व्यसनी स्कूलका विद्यार्थीहरूको सङ्ख्या

एकै दिनमा एक लाखभन्दा धेरैले छाडे काठमाडौं उपत्यका

काठमाडौं- पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रु

सिरहामा लुकाएर राखेको ४० बोरा अनुदानको मल बरामद

सिरहा- जिल्ला प्रशासन कार्यालय सिरहाले अनुदानको ४० बोरा डिएपी मल

दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्धको पहिला ब्याटिङ गर्दै, आदिलको पुनरागमन

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी २० आई सिरिजअन्तर्गत दोस्रो

कस्ता छन् दशैंमा प्रदर्शनरत तीन चलचित्र ?

काठमाडौं- दशैंको अवसर पारेर यसपटक तीन नेपाली चलचित्र प्रदर्शनमा आएका