नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया | Khabarhub Khabarhub

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वशिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले अमेरिकाको नर्थ क्यारोलाइनास्थित मोरिसभिलमा स्थानीय नेपाली समुदायसँग नेपालको शिक्षाका विषयमा हालै एक अन्तरक्रिया गरेका छन् । 

नेपालमा रहँदा शिक्षण पेसामा आबद्ध नेपाली विद्वत वर्गले नेपाल र अमेरिकाबीचको शिक्षण विधिका भिन्नता र एकरूपताका बारेमा आफ्ना धारणा राखेका थिए । सो अवसरमा नेपालको पाठ्यक्रम तथा शिक्षणमा गर्न सकिने परिवर्तन र सुधारका बारेमा छलफल भएको थियो ।

नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसिएनसी)का संस्थापक अध्यक्ष ईश्वर देवकोटाले पोख्रेललाई स्वागत गर्दै नेपालका  विद्यालयमा पनि विद्यार्थीले क्षमता र रुचिअनुसार  कलेजका केही कोर्ष विद्यालयमै अध्ययन गर्न पाउने अवसर प्रदान गर्ने नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।

एनसिएनसीका अध्यक्ष डा विकास शाक्यले अमेरिकी शिक्षणमा जस्तै  नेपालमा  अनुसन्धानलाई अझ बढी समावेश गर्न सके उचित हुने बताए । योगमाया विश्वविद्यालय परिषद् सदस्य तथा साहित्यकार डा नीलम कार्की ‘निहारिका’ले कोर्षका किताबबाहेक अतिरिक्त पुस्तक पढ्ने वातावरण सृजना गर्न र त्यसका लागि उमेर तथा तहअनुसारका पुस्तक प्रकाशन र पुस्तकालय व्यवस्थापनमा जोड दिइन् ।
 
हाल केही सामुदायिक विद्यालयले अनुकरणीय कार्य गरेको हुँदा त्यस्ता विद्यालयलाई नमूनाको रूपमा प्रस्तुत गर्दै शिक्षकलाई बेलाबेला तालिमका साथै निश्चित वर्षपछि लाइसेन्स नवीकरणको अवधारणा प्रभावकारी हुने उनको धारणा थियो । नर्थ क्यारोलोइना नेपाली साहित्य समाजका अध्यक्ष शिखर दुलालले सानै उमेरदेखि ‘हेल्थ फुल लिभिङ’सम्बन्धी नैतिक शिक्षा दिनुपर्ने बताए ।  

पूर्वमन्त्री पोख्रेलले आर्थिक  समृद्धि नभई  शिक्षामा सुधार गर्न नसकिने, आर्थिक विकासका लागि प्रवासमा बस्ने प्रबुद्ध वर्ग पनि जोडिनुपर्ने धारणा राखे । अबको शिक्षालाई बढी प्रयोगात्मक बनाउन, सूचना प्रविधि र नीति निर्माणमा जोड दिँदै सामुदायिक विद्यालयलाई  गुणात्मक बनाउन सरकारले चासो दिई त्यहीअनुसारको नीति निर्माण तर्जुमा गर्नुपर्ने उनको भनाइ छ ।

‘सम्बन्धित विषयमा निपूण, अनुभवीहरूलाई समेटेर शिक्षा नीति र पाठ्यक्रम तय गरी अगाडि नबढी उपायै छैन’, उहाँले भन्नुभयो, ‘प्रवासमा रहनेहरूलाई कुनै न कुनै माध्यमबाट आफ्नो माटोमा जोडिन अनुरोध गर्छु ।’

पछिल्लो समय केही नयाँ विश्वविद्यालयहरू खुलेका र तिनले विदेशी विद्यार्थीलाई समेत आकर्षण गर्न सक्ने, नेपालको प्रकृति  र स्रोतअनुसार अध्ययन अनुसन्धान हुने उनले जानकारी दिए । उनले योगमाया विश्वविद्यालयको अवधारणा र मुख्य विषय आयुर्वेद, योग, ध्यान तथा वैकल्पिक चिकित्सा रहेको प्रष्ट पारे । रासस
 

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ६ : ५८ बजे

श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागूऔषध दुर्व्यसनी स्कूलका विद्यार्थी

श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागूऔषध दुर्व्यसनी स्कूलका विद्यार्थीहरूको सङ्ख्या

एकै दिनमा एक लाखभन्दा धेरैले छाडे काठमाडौं उपत्यका

काठमाडौं- पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रु

सिरहामा लुकाएर राखेको ४० बोरा अनुदानको मल बरामद

सिरहा- जिल्ला प्रशासन कार्यालय सिरहाले अनुदानको ४० बोरा डिएपी मल

दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्धको पहिला ब्याटिङ गर्दै, आदिलको पुनरागमन

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी २० आई सिरिजअन्तर्गत दोस्रो

कस्ता छन् दशैंमा प्रदर्शनरत तीन चलचित्र ?

काठमाडौं- दशैंको अवसर पारेर यसपटक तीन नेपाली चलचित्र प्रदर्शनमा आएका