सहायक भूमिकामा फ्लप गरिमा : ‘जन्ते बाख्रो’बाट लिड रोलको परीक्षामा | Khabarhub Khabarhub

सहायक भूमिकामा फ्लप गरिमा : ‘जन्ते बाख्रो’बाट लिड रोलको परीक्षामा


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिक गरिमा शर्मा सामाजिक सञ्जाल र म्युजिक भिडियोमा स्थापित नाम हो । टिकटकबाट चर्चित बनेकी उनी म्युजिक भिडियोमा आएकी हुन् ।

उनको टिकटकमा सात लाखभन्दा बढी फलोअर्स छन् । डेढ सयभन्दा बढी म्युजिक भिडियोमा नृत्य र अभिनय गरेको अनुभव उनीसँग छ ।

यतिका अनुभवले उनले ठूलो पर्दाको यात्रा तय गरेकी हुन् । उनको डेब्यू फिल्म ‘लण्डन टू पेरिस’ गत वर्षको सुरुवातमा प्रदर्शनमा आएको थियो । त्यस यता उनले दुई फिल्ममा अभिनय गरेकी छन् ।

यस्तो बक्स अफिस रेकर्ड

‘लण्डन टू पेरिस’ : गरिमाको डेब्यू फिल्म ‘लण्डन टू पेरिस’ व्यवसायिक रुपमा फ्लप फिल्म हो । अर्थात्, गरिमालाई पहिलो गाँसमा नै ढुङ्गा लाग्यो ।

चलचित्र विकास बोर्डका अनुसार यो फिल्म ४ हजार ५४ जना दर्शकले मात्रै हेरका थिए । फिल्मले १३ लाखभन्दा कम व्यापार गरेको छ ।

यो फिल्ममा शीर्ष चार नायक–नायिका थिए । त्यही मध्ये एक नायिका गरिमा हुन् । सत्य तथ्य चाहिँ के हो भने– यो फिल्ममा नायिका साम्राज्ञी हाबी हुँदा उनी छायाँमा परेकी थिइन् ।

डेब्यू नायक निश्चल खड्काको अभिनयको चर्चा भयो तर गरिमाले अभिनयबाट समेत दर्शकको मन जित्न सकिनन् ।

‘वर एण्ड बधु’ : यो फिल्ममा गरिमा सहायक भूमिकामै छिन् । यो फिल्म हिट वा फ्लपको जस उनीभन्दा बढी अरु कलाकारकै टाउकामा जान्छ ।

थोरै भने पनि जस लिनुपर्ने नैतिक दबाब उनीमा पनि स्वभाविक पर्छ । यो फिल्मले ३२ लाखभन्दा थोरै बढीको व्यापार गरेको छ । दोस्रो फिल्ममा पनि गरिमाले फ्लप सामाना गर्नुप-यो ।

‘ह्रस्व दीर्घ’ : गरिमाको तेस्रो फिल्म ‘ह्रस्व दीर्घ’को बजेट ठूलो थियो । पाँच करोडमा यो फिल्म बनेको बताइएको थियो ।

यो फिल्मको ग्रस कलेक्सन पनि पाँच करोड पुग्न थोरै कमी रह्यो । अर्थात्, व्यवसायिक रुपमा लगानीकर्ता सुरक्षित बन्न सकेनन् ।

यो फिल्ममा पनि गरिमा सहायक भूमिकामा थिइन् । ठूलो बजेटको फिल्ममा पनि उनले हिटको स्वाद चाख्न पाइनन् ।

यसरी तीन फिल्ममा गरिमाले असफलताको स्वाद चाखेकी छन् । अर्थात् उनी फ्लप फिल्मको ह्याट्रिक हानेकी छन् ।

सहायक भूमिकामा भएकाले कलाकारका रुपमा फ्लपको सारा जस गरिमाले लिनुपर्ने बाध्यता छैन । आफूले खेलेको फिल्म फ्लप हुनु नराम्रो लाग्ने विषय चाहिँ पक्कै हो ।

टिकटकमा हिट र म्युजिक भिडियोको डिमान्डेड मोडल भए पनि गरिमा फिल्म क्षेत्रमा जम्न सकेकी छैनन्। सायद लिड रोल नभएर पो हो कि ?

गरिमालाई सहायक भूमिकामा अभिनय गर्नुको कारणबारे खबरहबले सोधेको छ । उनको जवाफ छ, ‘सुरुमै हामी जस्तो संघर्षरत कलाकारले लिड रोल नपाइने रहेछ ।’

तर, यी फिल्ममा अभिनय गरेकामा उनलाई पछुतो छैन । यसबाट केही पाठ सिकेको उनी बताउँछिन् ।

फिल्म फ्लप भएको विषय उनको प्रतिक्रिया माग्दा उनको जवाफ छ, ‘म सहायक भूमिकामा थिएँ । ती फिल्मको सबै जस मैलेभन्दा बढी लिने कलाकारहरु अरु हुनुहुन्थ्यो ।’

लिड रोलको परीक्षामा

गरिमाले ठूलो पर्दामा डेब्यू गरेको एक वर्षपछि नै फिल्ममा लिड नायिका बन्न पाएकी छन् । उनी पहिलो पटक लिड भूमिकामा रहेको फिल्म ‘जन्ते बाख्रो’ शुक्रबारबाट प्रदर्शनमा आएको छ ।

यो फिल्मको काठमाडौंको सुन्धारास्थित एक हलमा बुधबार प्रिमियर गरिएको थियो । प्रिमियरमा नगन्य संख्यामा सेलिब्रेटी उपस्थित थिए ।

‘जन्ते बाख्रो’ फिल्मबारे उनीहरुको प्रतिक्रिया यस्तो छ ।

हाँस्य कलाकार सन्दीप क्षेत्री : यो फिल्मको कथा मैले पहिला सुनेको थिए । कसरी खिचिएछ भनेर हेर्न आएको हो म । सुन्दाभन्दा हेर्दा मज्जा आयो ।

नायिका वर्षा राउत : फिल्म एकदमै राम्रो थियो । एकदमै मज्जा आयो ।

नायक संजोग कोइराला : धेरैपछि रमाइलो फिल्म हेर्न पाइयो ।

गायक महेश काफ्ले : फिल्म रमाइलो छ । कथा सरर बगेको छ । हेर्दा मज्जा आउने फिल्म बनेको छ ।

सेलिब्रेटीले फिल्म रुचाएका छन् । उनीहरुको भनाइलाई आधार मान्ने हो भने फिल्म राम्रो बनेको छ ।

तर, बिर्सन नुहुने कुरा– सबैभन्दा बढी झुट बोलिने स्थान प्रिमियर हो भन्ने भाष्य पनि यही क्षेत्रका व्यक्तिले निर्माण गरेका छन् ।

खैर, फिल्मले कस्तो व्यापार गर्छ शुक्रबार र शनिबारको अकुपेन्सी तथा वर्ड अफ माउथले निर्धारण गर्ने अकाट्य सत्य छदैछ । अब फिल्म राम्रो, ठीकै, अब्बल वा नराम्रो निर्धारण गर्ने काम दर्शकको हो ।

गरिमा भने यस फिल्म प्रति आशावादी नै रहेको खबरहबलाई बताएकी छन् । सँगै यो फिल्म हिट वा फ्लपको जस लिने मुख्य पात्रका रुपमा उनी उभिएकी छन् ।

भन्छिन्, ‘यो फिल्मको सबै जस म, सौगात सर (सौगात मल्ल) र आशिफ दाइ (आशिफ शाह)ले नै लिने हो ।’

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ८ : ५३ बजे

१५ औं महाधिवेशनको मिति तोक्न डिला संग्रौलाको प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले १५ औँ

‘उत्कृष्ट कृषि केन्द्रलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाऔँ’

काठमाडौं– राष्ट्रियसभा सदस्य डाक्टर अन्जान शाक्यले कृषि क्षेत्र हरेक नेपालीको

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ– १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-१७ बकुलाही बस्ने

कुलिङ पिरियडमाथि भएको छेडखानी जनता र संसद् माथिको आक्रमण : सरिता प्रसाईं

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य सरिता प्रसाईंले

हलेसी तुवाचुङमा उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)सहित विभिन्न कक्षाको