मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल | Khabarhub Khabarhub

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कन थालेको बताए ।

एमाले उपत्यका विशेष प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेट विमर्श–२०८२’ कार्यक्रममा उनले निजी क्षेत्र चलायमान देखिएकोले अर्थतन्त्र लयमा फर्कन थालेको बताए । उनले बजेटका माध्यमबाट निजी क्षेत्रका माग सम्बोधन गर्ने प्रयास गरिएको बताए ।

महासचिव पोखरेलले तरलता नियन्त्रण गर्ने नाममा साधारण खर्च बढिरहेकाले राज्यको पैसा अनुत्पादक काममा खर्च भइरहेको बताए । “मौद्रिक सन्तुलनका लागि हामीले पैसा खर्च गरिरहेका छौँ । एकातिर हामीसँग पैसा छैन । अर्कातिर बैंकमा थुप्रिएका पैसालाई व्यवस्थापन गर्ने नाममा पैसा खर्च गरिरहेका छौँ”, उनले भने , “राज्यको पैसा तरलता नियन्त्रण गर्ने नाममा खर्च भइरहेको छ ।”

राष्ट्र बैंकले तरलता खिच्नुपर्ने बाध्यताको अन्त्य गर्न सके बैंकमा व्यवसायीहरु लगानीका प्रस्ताव लिएर आउने बताए । “अर्थतन्त्र लयमा फर्कनका लागि निजी क्षेत्र चलायमान हुनुप¥यो । अहिले बाहिरबाट सामान ल्याएर व्यापार गर्ने सक्रिय छन् । राजस्व बढेको छ । आयात वृद्धि भएको छ । आर्थिक क्रियाकलाप बढेर आयात बढेको हो”, उनले भने।

एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्यले बजेटले अर्थतन्त्र चलायमान गराउने कार्यक्रम समेटिएको बताए । कमिटीका अध्यक्ष प्रेमप्रसाद पराजुलीले मुलुकको आर्थिक सङ्कट समाधान गर्न वर्तमान सरकार सफल भइरहेको बताए ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  १० : ३९ बजे

सुनकोशीमा पुल नहुँदा खोटाङ जानेलाई सास्ती

उदयपुर- सुनकोशी नदीमा पुल नहुँदा यात्रुहरूलाई सास्ती भएको छ ।

करेन्ट लागेर महिलाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका–१० देरालीटोलमा करेन्ट लागेर एक जनाको मृत्यु

मधेसमा दशैं – प्रदेशभरका शक्तिपीठमा पूजाअर्चना र मेला

धनुषाधाम– मधेस प्रदेशका आठ वटै जिल्लामा बडादशैंको रौनक छाएको छ

आशिफ शेख र सन्दीप जोराले अर्धशतक हानेपछि वेस्ट इन्डिजलाई नेपालले दियो १७४ रनको लक्ष्य

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी २० आई सिरिजअन्तर्गत दोस्रो

श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागूऔषध दुर्व्यसनी स्कूलका विद्यार्थी

श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागूऔषध दुर्व्यसनी स्कूलका विद्यार्थीहरूको सङ्ख्या