टेक्सासको बाढीमा परेर ४३ जनाको मृत्यु : २७ विद्यार्थी बेपत्ता « Khabarhub

टेक्सासको बाढीमा परेर ४३ जनाको मृत्यु : २७ विद्यार्थी बेपत्ता


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

टेक्सास – अमेरिकाको टेक्सास बाढीमा हराएकाको खोजी कार्य जारी छ। अहिलेसम्म १५ बालबालिकासहित कम्तिमा ४३ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।

शुक्रबार बिहान ग्वाडालुप नदीमा बाढी आउँदा धेरै जसो निदाइ रहेका थिए। सो नदीमा पानीको सतह बढेर आधा घण्टामा नै आठ मिटर बढेको हो।

क्रिस्चियन यूथ क्याम्पमा रहेका २७ जना विद्यार्थी अझै हराइरहेका छन्। अहिलेसम्म ८५० जनाको उद्धार भइसकेको छ। मौसम पूर्वानुमान अनुसार त्यस स्थानमा अझ धेरै पानी पर्न सक्ने छ।

धेरै असर ‘मोबाइल’ घर, क्याम्पिङ साइट तथा समर क्याम्पमा भएको थियो। चार जुलाईका दिन त्यहाँ बिदा मनाउन धेरै जना जाने गरेका थिए। शनिबार टेक्सासमा गभर्नर ग्रेट अबोटले अहिले खोजी कार्य युद्ध स्तरमा भइरहेको जानकारी दिएका छन्।

JPG converted with https://ezgif.com/webp-to-jpg

टेक्सासका अधिकारीले दिएको जानकारी अनुसार हराएका २७ जनामा धेरै जसो १२ वर्ष मुनिका बालबालिका थिए। कतिपय अभिभावकले आफ्नो बच्चा मृत अवस्थामा फेला परेको बताइ सकेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपद्को समयमा सङ्घीय सरकारले स्थानीय सरकारसँग मिलेर उद्धार कार्यमा सक्रिय रहेको बताएका छन्। यस सातामा केन्द्रीय टेक्सासमा अझ ठुलो पानी पर्ने मौसम पूर्वानुमान छ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ७ : २० बजे

विश्वमा एक करोड सात लाख सक्रिय क्षयरोगी

भक्तपुर–  ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाएनन्

चितवन– जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरे बापत ५५

इरानमाथि आक्रमण : अमेरिकी रक्षामन्त्रीले लिएका थिए अग्रसरता, उपराष्ट्रपति भान्स छैनन् सन्तुष्ट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनालल्ड ट्रम्पले आफ्ना रक्षामन्त्री पेट हेगसेथ इरानविरुद्ध

टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान

काठमाडौं– विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं)

सानेपा पुगे सभापति गगन थापा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।