राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल | Khabarhub Khabarhub

राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका– ९ गलेश्वर, रघुगङ्गा गाउँपालिका– ३ राहुघाट, कालीगण्डकी करिडोरको सडक र मोटरेबल पुल संरक्षण गर्न तटबन्ध निर्माण भएको छ ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाले सडक, पुल र बस्ती संरक्षणका लागि तीन करोड ३९ लाख ८६ हजार ८२३ को लागतमा नदी किनारमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरेको हो ।

पर्खाल निर्माणपछि सडक, मोटरेबल पुल, गलेश्वर र राहुघाटको बस्तीमा बाढी र कटानको जोखिम न्यूनीकरण भएको बेनी नगरपालिका– ९ का वडाध्यक्ष चक्र केसीले बताए । राहुघाटको कटानका कारण गलेश्वर, राहुघाटका करिब ५० घरपरिवार, एक सय मिटर सडक र मोटरेबल पुल जोखिममा परेको थियो ।

राहुघाट नदी किनारमा राहुघाट बस्तीतर्फ ५० मिटर ‘पलम पर्खाल’ र गलेश्वरतर्फ ८५ मिटर ‘कम्पोजिट’ पर्खाल निर्माण भएको योजना कार्यालयले जनाएको छ । गत फागुनदेखि सुरु भएको योजना निर्धारित समयमै सम्पन्न भएको हो । नदीमा आउने बाढीलाई नियन्त्रण गर्न चार मिटर चौडाइ भएको तीनतीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि छ तहमा ग्याविन पर्खाल निर्माण भएको छ ।

चार करोड ७२ लाख ३७ हजार ४६४ रुपैयाँको लागत अनुमान गरिएको योजना निर्माणका लागि गत फागुन १३ गते महाप्रभु–विआरटी साय जेभीसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीले रातको समयमा पनि मजदुर र उपकरण परिचालन गरेर नदीमा पानीको सतह बढ्नुअघि नै तटबन्ध गरेको बताए ।्

बेनी–गलेश्वर सडकअन्तर्गत गलेश्वरमा पनि नदी कटानबाट सडकलाई जोगाउन तटबन्धन निर्माण भएको बेनी–जोमसोम–कोरला सडक योजनाका इञ्जिनियर बिष्णु चापागाईँले बताए । (रासस)

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ८ : ४४ बजे

बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव पोखरेललाई

काठमाडौं– नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदबाट शरद ओझा निलम्बित भएपछि

सुर्खेतका तीन जनालाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार 

सुर्खेत– सुर्खेत जिल्लाका तीन जना कृषकलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट

माओवादीले भन्यो- शंकै शंकाको घेरामा वर्तमान सरकारले १ वर्ष बितायो

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले शंकै शंकाको घेरामा

रास्वपालाई प्रतिमा गौतमको प्रश्न : हस्ताक्षर संकलन अभियान राजनीति कि रियालिटी शो ?

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतम प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र

देशभरका छाउगोठ भत्काउन सांसदहरूको माग

काठमाडौं – सांसदहरुले निर्माणाधीन सुरुङ मार्गको काम चाँडो सम्पन्न गर्न,