एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिने बढ्दै « Khabarhub

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिने बढ्दै


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ ।

केन्द्रबाट आर्थिक वर्ष २०८०–०८१ मा दुई सय चार जनाले सेवा लिएका थिए भने आव २०८१–०८२ को जेठ मसान्तसम्म दुई सय ७८ जनाले सेवा लिएका छन् ।

लैङ्गिक हिंसा, घरेलु हिंसा, यौनजन्य दुव्र्यवहारलगायत घटनाबाट प्रभावित व्यक्तिहरूले केन्द्रबाट सहज रूपमा सेवा पाएका हुन् । यो सँगै केन्द्रबाट पीडितले स्वास्थ्योपचार, चिकित्साजन्य प्रमाण सङ्कलन, संरक्षण, मानसिक एवं मनोसामाजिक परामर्श, सुरक्षा, आश्रय, कानूनी उपचार पुनस्र्थापनालगायत सेवा पाएका छन् ।

केन्द्रका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक भावना शर्माका अनुसार आव २०८१–०८२ मा केन्द्रबाट सेवा लिनेमा महिलाको सङ्ख्या दुई सय ७५ रहेको छ भने पुरुषको सङ्ख्या तीनमात्र छ । उमेर समूहमा १४ वर्षमुनिका २६ जना, १५ देखि १८ वर्षका ३१ जना, १९ देखि ४९ वर्षका दुई सय दुई, ५० देखि ६० वर्षका १३ र ६० वर्षमाथिका ६ जनाले केन्द्रबाट सेवा लिएका छन् ।

केन्द्रमा हिंसाका आधारमा शारीरिक ८७, यौनजन्य ७४, मानसिक ६४, बेचविखन दुई, बालविवाह दुई र अन्य ५० जनाले सेवा पाएको नर्सिङ निरीक्षक शर्माले जानकारी दिइन् । सोही अवधिमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट दुई सय ७१ जनाको स्वास्थ्य परीक्षणको कार्य गरिएको छ भने मेडिको लिग्ल सेवा ५६ जनाले पाएका छन् ।

यसैगरी, एचआईभी परीक्षण तथा परामर्श सेवा ४५, गर्भ परीक्षण ५०, घाउ चोटपटकको उपचार ९५, आकस्मिक गर्भनिरोधक सेवा १५, सुरक्षित गर्भपतन सेवा चार, मनोसामाजिक परामर्श सेवा १९२, मानसिक रोगको उपचार ३९ र दुई जनाको यौन रोगको उपचार गरिएको छ ।

बिनाभेदभाव सबै लैङ्गिक हिंसापीडितलाई एकीकृत रूपमा गुणस्तरीय सेवा सुनश्चितता गरिएको केन्द्रका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक शर्माले बताइन् ।

एकद्वार प्रणालीबाट हिंसापीडित तथा प्रभावित व्यक्तिलाई स्वास्थ्योपचारलगायत आवश्यक सेवा लैङ्गिक हिंसा नियन्त्रणमा योगदान पुर्याउन पूर्ण रूपमा निःशुल्क रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको उनको भनाइ छ ।

सेवापश्चात परिवार वा समुदायमा पुनःस्थापनाका लागि सबै सरोकार पक्षहरूसँग थप समन्वयात्मक कार्यलाई अगाडि बढाई अस्पतालहरूको सेवासँगै एकीकृत सेवाका रूपमा अघि बढाउनुपर्ने शर्माले बताइन् ।

महिला, बालिका, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्ग हिंसाको सिकार बढी हुने सम्भावना भएकाले पीडितहरूले आफूले भोगेको पीडा भन्न नसक्ने, प्रहरी, स्वास्थ्य सेवा, कानूनी सहायता छुट्टाछुट्टै खोज्नुपर्ने बाध्यता रहेकाले एकद्वार सेवा लागू गरिएको उनले स्पष्ट पारिन् ।

लैङ्गिक हिंसाको रोकथाम र प्रतिकार्य सबैको सवाल भएकाले एकापसमा समन्वय गरी उत्तरदायित्व र जिम्मेवारीबोध गरेर अगाडि बढ्नुको विकल्प नरहेकोमा उनले जोड दिइन् ।

एक अध्ययनअनुसार लैङ्गिक हिंसाका घटना आफन्तबाट ७० प्रतिशत र आफन्तबाहेकका व्यक्तिबाट ३० प्रतिशत महिला पीडित हुने गरेको देखिएको छ । सुदूरपश्चिम प्रदेशमा श्रीमान् तथा नजिकका साथीहरूद्वारा हिंसा भोगेका महिलाको प्रतिशत २० रहेको छ । (रासस)

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १० : २३ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई