कफुचे–कोरी पदमार्गको स्तरोन्नति गरिँदै | Khabarhub Khabarhub

कफुचे–कोरी पदमार्गको स्तरोन्नति गरिँदै


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कफुचे–कोरी पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै कोरी जाने पदमार्गको स्तरोन्नति अघि बढाइएको छ ।

मादमे खोला जलविद्युत् आयोजनाको ३० लाखको सहयोग एवं मादी गाउँपालिका– १ र स्थानीय सरोकार भएका समितिको सहकार्यमा पदमार्गको स्तरोन्नति अघि बढाइएको हो ।

पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै कोरीसम्मको पदमार्ग स्तरोन्नति भइरहेको मादी– १ का वडाध्यक्ष एवं सरोकार भएका समितिका संयोजक देवीजङ्ग गुरुङले जानकारी दिए । उनका अनुसार आयोजनाबाट १० लाख प्राप्त भई काम भइसकेको छ भने २० लाख रुपैयाँ लागतको काम भइरहेको छ ।

पछिल्ला समयमा यस पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढिरहेको बताउँदै उनले यस क्षेत्रलाई पदयात्रा पर्यटनमार्फत विकास गर्ने लक्ष्यका साथ आफूहरू लागिरहेको उल्लेख गरे ।

कफुचे–कोरी पदमार्ग आफैँमा विशिष्ट प्रकृतिको छ । कफुचे हिमतालदेखि कोरीलाई जोड्ने यस पदमार्ग हिमतालको अवलोकनसँगै समयसमयमा खस्ने हिमपहिरोको अवलोकनका लागि पनि पर्यटकको रोजाइमा पर्ने गरेको कफुचे पर्यटन व्यवसायी उपसमितिका सचिव कृष्ण गुरुङले बताए ।

अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरो बनेको अनुमान गरिने यस ताल समुद्री सतहबाट दुई हजार ४२१ मिटर उचाइमा रहेको छ ।

कूल १० हजार ४४० वर्गमिटर क्षेत्रफलमा फैलिएको कफुचेलाई विश्वको कम उचाइमा अवस्थित हिमतालका रूपमा दाबी गरिएको वडाध्यक्ष गुरुङले उल्लेख गरे ।

आँखै अगाडि हिमाल, हिमापहिरोका साथै हरियो र निलो मिश्रित रङको तालको पानीमा घामका किरणहरू पर्दाको मनोरम दृश्य यहाँको प्रमुख आकर्षण हो । कपुचे हिमताललाई स्थानीय गुरुङ भाषामा ‘क्हफुचे’ भनिने बताउँदै वडाध्यक्ष गुरुङले क्हको अर्थ हिउँ, फुको अर्थ डल्लो र चेको अर्थ समथर भूभाग भन्ने बुझिने जानकारी दिए ।

क्हफुचेबाट अपभ्रंश हुँदै यस ताललाई कपुचे, कफुचे भन्ने गरिएको स्थानीयवासी बताउँछन् । बजारबाट नजिकको हिमताल कफुचेको शान्त वातावरणसँगै वर्षातका समयमा यहाँ फूल्ने विभिन्न प्रजातिका रङ्गीविरङ्गी फूलहरूले फूलेर वनपाखा मनमोहक देखिन्छन् ।

यस पदमार्गअन्तर्गतको अर्को गन्तव्य कोरी जहाँबाट आँखै अगाडि लमजुङ माछापुच्छ्रे«, अन्नपूर्ण दोस्रो र चौथो, थ्री सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिन्छ ।

पर्यटकीय गाउँ सिक्लेसबाट हुगु हुँदै नौलाखर्क, नौटा हुँदै करिब नौ घण्टा उकालो यात्रा गरेपछि समुद्री सतहबाट तीन हजार आठ ५० मिटर उचाइमा रहेको कोरीडाँडा पुगिन्छ ।

यो पदयात्राका क्रममा पर्यटकले अन्नपूर्ण र लमजुङ हिमालबाट समयसमयमा खस्ने हिउँपहिरो अवलोकन गर्दै जङ्गल, परम्परागत गोठ हुँदै उकालो चढ्ने होटल आइसफलका सञ्चालकसमेत रहेका पर्यटन व्यवसायी कृष्ण गुरुङले बताए ।

मार्गमा रहेको पाखामा गुरासैगुराँसको जङ्गल छ । वसन्तयाममा यहाँ रङ्गिएर मनमोहक बन्छ भने जेठतिर खर्कहरूमा फुल्ने मनमोहक फूलले जोकोहीलाई लोभ्याउँछ ।

प्राचीनकालमा कोरी सिक्लेस हुँदै मनाङ र लमजुङ जाने परम्परागत मार्ग प्रचलनमा रहँदा बटुवाहरू बास बस्ने थलो र गोठालाको खर्क थियो । नुन लिन जाने मार्गका रूपमा पनि यसले चासो र चर्चा कमाएको थियो । हाल चार वटा होटल रहेको कोरीमा पछिल्लो समय हाइकिङ र बिदामा घुमघामका लागि आन्तरिक पर्यटक आउनेक्रम बढिरहेको उनको भनाइ छ ।

हिमाललाई जरोबाट टुप्पैसम्म एकसाथ अवलोकन गर्न पाउने कोरीमा पुग्न ठाडो उकालोका कारण थकित बनेका पदयात्री यहाँ आइसकेपछि देखिने दृश्यले सबै थकान बिर्सने पथप्रदर्शकहरू बताउँछन् ।

पदमार्गमा असारको समयमा बढी झाडी हुने तथा ठाउँठाउँमा पहिरो खस्ने जोखिमीका कारण एक महिना पदयात्रा रोकिएको जानकारी दिँदै गुरुङले साउन लागेसँगै पुनःसञ्चालनमा ल्याउने तयारी गरिएको बताए । (रासस)

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १२ : ४५ बजे

कर्णाली करिडोरलाई चीन-भारतसँगको व्यापारिक मार्गका रूपमा अघि बढाइने : प्रधानमन्त्री ओली

हुम्ला– प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र भारतसँगको

योगमायाको साहसिक नेतृत्व आज पनि उत्तिकै सान्दर्भिक: उपसभामुख

काठमाडौं– उपसभामुख इन्दिरा राना मगरले महिला आन्दोलनकी अग्रणी अभियन्ता योगमायाको

सहमहामन्त्री परियारले भने- कांग्रेसकै अगुवाइमा संविधान संशोधन थालौँ

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीकै अगुवाइमा संविधान संशोधन

विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुल्यो

काठमाडौं– विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड का लागि

महालक्ष्मी डिनाको चेतावनी, ‘अनुशासन अभावले कांग्रेस संगठन भद्रगोल भयो, कारबाही नगरे विचलन बढ्छ’

काठमाडौं- नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी डिना उपाध्यायले पार्टीभित्र अनुशासन र