दयाहाङ र प्रकाशले सुरु गरे ‘मिरमिरे’को छायाङ्कन « Khabarhub

दयाहाङ र प्रकाशले सुरु गरे ‘मिरमिरे’को छायाङ्कन


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यम शेर्पाको दोस्रो निर्देशकीय फिल्म ‘मिरमिरे’को छायाङ्कन सुरु भएको छ । पनौतीको बल्थलीस्थित एक विद्यालय परिसरमा शनिबार स्क्रिप्ट र क्यामेरा पूजा गर्दै सुटिङ युनिट छायाङ्कनमा निस्किएको हो ।

फिल्मका शीर्ष कलाकार नायकहरु दयाहाङ राई, प्रकाश सपुत र नायिका सिर्जना निङ्लेखु उक्त पूजामा उपस्थित थिए ।

३५ दिनमा छायाङ्कन सक्ने लक्ष्यका निर्देशक शेर्पा टोली छायाङ्कनमा निस्किएको हो । शेर्पाले भने, ‘मौसमले साथ दियो भने ३५ दिनमा छायाङ्कन पूरा गर्ने लक्ष्य छ ।’

उनका अनुसार यो फिल्मको छायाङ्कन काभ्रेका विभिन्न स्थानमा हुनेछ ।

यस फिल्ममा माहोत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटाको पनि अभिनय रहनेछ । बालकलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल रहेका छन् ।

यस फिल्मका प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्दैछन् । यम र दयाहाङको भने यो दोस्रो सहकार्य हो । यमको डेब्यू फिल्म ‘कार्साङ’को नायक पनि दयाहाङ नै हुन् ।

सिर्जनाले दयाहाङसँग दोस्रो पटक सहकार्य गर्न लागेकी हुन् । सिर्जनाको डेब्यू फिल्म पनि ‘कार्साङ’ नै हो ।

यस फिल्मको लेखक पनि निर्देशक शेर्पा आफैँ हुन् । निर्माताहरु निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन् ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १ : ३६ बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान