शशांकको प्रस्ताव- संविधानमा धर्मनिरपेक्षताको साटो धार्मिक स्वतन्त्रता राखौँ, प्रतिनिधिसभा प्रत्यक्ष प्रणालीको बनाऊँ « Khabarhub

शशांकको प्रस्ताव- संविधानमा धर्मनिरपेक्षताको साटो धार्मिक स्वतन्त्रता राखौँ, प्रतिनिधिसभा प्रत्यक्ष प्रणालीको बनाऊँ


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले संविधान संशोधनको एजेन्डालाई अघि बढाउनुपर्ने बताएका छन् ।

ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै पूर्वमहामन्त्री कोइरालाले संविधान संशोधनका सन्दर्भमा ठूला प्रस्ताव अघि सारेका छन्।

उनले बैठकमा बोल्दै धर्मनिरपेक्षता हटाएर ‘धार्मिक स्वतन्त्रता’ राख्नुपर्ने बताएका छन्। निर्वाचन प्रणालीमा पनि आमूल परिवर्तन आवश्यक रहेको धारणा उनले राखेका छन् ।

कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेबीच २०८१ असार १७ गते भएको सातबुँदे सहमतिलाई स्मरण गर्दै धर्मनिरपेक्षता खारेज गरी ‘धार्मिक स्वतन्त्रता’ कायम गर्नुपर्ने माग राखे।

‘यो सरकार बनाउँदा नै संविधान संशोधन गर्ने कुरा भएको हो। पहिलो संशोधन यही होस् — धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गरौँ’, कोइरालाले भने ।

संविधान संशोधनमार्फत प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद मात्रै राख्नुपर्ने प्रस्ताव कोइरालाले अघि सारे। ‘राष्ट्रिय सभामा समानुपातिक प्रणाली लागू गरौं, तर प्रतिनिधिसभा केवल प्रत्यक्ष निर्वाचित प्रणालीमा आधारित होस्,’ उनले स्पष्ट पारे।

उनको यो प्रस्ताव कार्यान्वयन हुन सकेमा नेपालको हालको मिश्रित निर्वाचन प्रणालीलाई पूर्णतः परिवर्तन गर्ने दिशातर्फ लैजानेछ ।

कोइरालाले पार्टीमा एकताका लागि प्रयासरत रहेको भन्दै सभापति शेरबहादुर देउवालाई धन्यवाद दिए। उनले सांसदको भूमिकामाथि पनि टिप्पणी गरे । ‘हामी सांसद केवल मन्त्री बन्नका लागि हो भन्ने सोच बदल्नुपर्छ। म आफैं पनि चार पटक सांसद भएँ, तर मन्त्री अहिलेसम्म भएको छैन’, उनले भने ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १ : ३७ बजे

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु