टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो | Khabarhub Khabarhub

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटका कृषकले बेमौसमी बन्दाखेती गरेर वार्षिक एक करोड रुपैयाँ बढी रकम गाउँमा भित्र्याउने गरेका छन् । 

अनुकूल भूगोल र हावापानी, राम्रो बजारभाउ पाउने र आयआर्जन गर्न सकिने भएपछि पाउद्धारका बासिन्दाले बर्खामा कोदो, मकै रोप्ने बारीमा बन्दाखेती गर्न थालेका हुन् ।

अन्नपूर्ण–७ का वडासदस्यसमेत रहेका कृषक बुद्धिवीर पुनले टिकोटका एक सय परिवारमध्ये अधिकांशले बन्दाखेती गरेका बताए ।

‘गत वर्ष एक करोड बराबरको बन्दा बिक्री भएको थियो’, उनले भने, ‘यसपाली कृषक र क्षेत्रफलसँगै बन्दाको उत्पादन तथा आम्दानी बढ्ने अपेक्षा गरेका छौँ ।’ उनका अनुसार एक जना कृषकले एक लाखदेखि सातलाख सम्मको बन्दा बिक्री गरिरहेका छन् ।

तीन–चार वर्षअघिसम्म पुनसहित टिका पाइजालगायत पाँच जनाले टिकोटमा बन्दा खेती सुरु गरेका थिए । दुई हजार २५० मिटर उचाइमा उच्च पहाडी भूगोलमा अवस्थित टिकोटको बेमौसमी बन्दाले बजार पाएपछि पछिल्लो तीन वर्षयता कृषकहरू यसतर्फ आकर्षित भएका हुन् । 

खाद्यबालीको तुलनामा छिटो र नगद आम्दानी हुने भएकाले बन्दाखेती सुरु गरेको टिकोटका कृषक मनराज गर्बुजाले बताए । गत वर्ष एक लाख रुपैयाँको बन्दा बेचेको जनाउँदै उनले यस वर्ष १४ रोपनी जग्गामा कोदो र मकैको विकल्पमा बन्दाखेती गरिरहेको उल्लेख गरे ।

जेठमा लगाएको बन्दा असारको अन्तिम सातादेखि बजार पठाउने हुन्छ । भदौ महिनासम्म बिक्री गर्न मिल्ने गरी यहाँका कृषकले फरकफरक समयमा बेर्ना सारेका मनराजले जानकारी दिए । उनका अनुसार गत वर्ष प्रतिकिलो ५० रुपैयाँ का दरले बन्दा बिक्री भएको थियो । 

टिकोटका कृषकहरूद्वारा उत्पादित तरकारी बेनी, जोमसोम, पोखरा, बागलुङलगायत विभिन्न स्थानमा बिक्री हुने कृषक टिका पाइजा पुनले बताए ।

रासायनिक मल र विषादीको प्रयोगबिना तरकारीखेती भइरहेको बताउँदै उनले विषादीको विकल्पमा गाईभैँसीको गहुँत र गोबर प्रयोग गर्ने गरिएको जानकारी दिए ।

‘रासायनिक मलको विकल्पमा स्याउला, पातपतिङ्गर र गाईवस्तुको गोबर कुहाएर मल बनाउँछौँ’, उनले भने, ‘प्राङ्गारिक प्रविधिबाट उत्पादन भएका बेमौसमी बन्दाले बजार र उचित मूल्य पाएकाले कृषक उत्साहित छौँ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिकाले टिकोमा ‘तरकारी पकेट कार्यक्रम’ सञ्चालन गरेको छ । पकेट कार्यक्रममार्फत कृषकलाई अनुदानमा बीउ, कृषि औजार र प्रविधिमा सहयोग गरिरहेको गाउँपालिकाका कृषि अधिकृत श्यामशरण कुर्मीले बताए ।  

उनका अनुसार चालु आर्थिक वर्षमा १२ लाख बजेट विनियोजन गरेको उल्लेख गर्दै टिकोट तरकारी पकेट कार्यक्रमका लागि आगामी आवका लागि थप रु छ लाख रकम विनियोजन भएको जानकारी दिए ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ३ : २७ बजे

देवघाटमा मलामी गएका युवा नदीमा बेपत्ता

चितवन – मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन्

निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेन-जीलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको

गृहमन्त्री अर्यालले सार्वजनिक गरे एक महिने प्रगति विवरण (पूर्णपाठ)

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको शान्तिसुरक्षा एवं स्थिति सामान्यीकरण

पार्टीका सबै कमिटीमा युवालाई समेट्नु पर्छ : राजिब पहारी

काठमाडौं । नेकपा एमालेका नेता राजिब पहारीले पार्टीका सबै कमिटीमा

अन्तरिम सरकारको रिपोर्ट कार्ड : एक महिनामा के गर्‍यो, के गरेन ?

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले