झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ?  « Khabarhub

झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ? 


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । साताको पहिलो नेप्से २.४० अंकले बढेर २७०६.३६ विन्दुमा पुगेको छ । 

नेप्सेमा सामान्य सुधार देखिँदा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर कारोबार भएको छ । 

आइतबार ८७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर भने रहेको छैन । 

दिनभरमा ३१८ वटा कम्पनी कारोबारमा आउँदा ८७ हजार २९८ पटक शेयर किनबेच भएको छ । 

आइतबार १३ समूहमध्ये ७ वटा समूह बढेको छ भने बाँकी ६ वटा समूह घटेको छ । सबैभन्दा बढी अन्य समूह ३.६ प्रतिशतले बढेको छ भने सबैभन्दा कम बैंकिङ समूह ०.११ प्रतिशतले बढेको छ । 

सबैभन्दा बढी विकास बैंक समूह १.५३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम लघुवित्त समूह ०.०६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ३ : ४१ बजे

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर