रौतहटमा लागूऔषधसहित दुई युवा पक्राउ « Khabarhub

रौतहटमा लागूऔषधसहित दुई युवा पक्राउ


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

रौटहट– सशस्त्र प्रहरी बल नेपालले लागूऔषधको कारोबारमा संलग्न दुई युवालाई पक्राउ गरेको छ ।  

सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं गणपति सन्तोषकुमार बस्नेतले बारा जिल्ला निजगढ नगरपालिका–८ का नवबहादुर वाइबा र दावा योञ्जनलाई लागूऔषधसहित पक्राउ गरेको जानकारी दिए । 

उनका अनुसार ट्रमोल ३०० थान, निट्राजेपाम ट्याब्लेट १४० थान र नेटजेटकेयर पाँच थान लागुऔषधसहित उनीहरूलाई रौतहटको गजुरामुखीबाट पक्राउ गरिएको हो । 
  
लागूऔषधसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय लक्ष्मीनियाँ, विजयपुरमा बुझाएको गणपति बस्नेतले जानकारी दिए ।

सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले रौतहट जिल्लाको सिमाना पारी रहेका भारतीय बजारबाट लुकिछिपी हुने लागूपदार्थसहित सबै किसिमका अवैधधन्धाको न्यूनीकरण तथा नियन्त्रणका लागि सक्रियताका साथ योजनाबद्ध ढङ्बाट काम गरिरहेको बताए ।  
 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ४ : ३४ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा