सत्र लाख मूल्यको भन्सार छलीको सामान बरामद « Khabarhub

सत्र लाख मूल्यको भन्सार छलीको सामान बरामद


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

धरान– सुनसरीमा भन्सार छली गरी ल्याइएको १७ लाख रुपैयाँ भन्दा बढी मूल्यको लत्ताकपडा र मोटरसाइकल सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा र मोटरसाइकल बरामद गरेको हो । 

इनरुवा नगरपालिका–९  बबिया साम्बला टोलमा सशस्त्र प्रहरी बलको गस्ती टोलीले जाँचका उक्त सामान बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।

उक्त घटनामा संलग्न व्यक्ति प्रहरीलाई देखेपछि सामान र मोटरसाइकल छोडेर फरार भएका थिए । को३२प २५४५, को२३प ८११९, को१५प ३११० र को३३प ६२४६ नंको मोटरसाइकल बरामद गरिएको छ । 

मोटरसाइकल र बरामद सामग्री आवश्यक कारबाहीका लागि मुख्य भन्सार कार्यालय, सेतुबन्ध, कोशी ब्यारेजमा बुझाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । 
 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ६ : ११ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता