महालक्ष्मी डिनाको चेतावनी, ‘अनुशासन अभावले कांग्रेस संगठन भद्रगोल भयो, कारबाही नगरे विचलन बढ्छ’ « Khabarhub

महालक्ष्मी डिनाको चेतावनी, ‘अनुशासन अभावले कांग्रेस संगठन भद्रगोल भयो, कारबाही नगरे विचलन बढ्छ’


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी डिना उपाध्यायले पार्टीभित्र अनुशासन र निष्पक्षताको अभावले संगठन भद्रगोल बन्दै गएको बताएकी छन्।

आइतबार नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले संगठन सुदृढीकरणका लागि अनुशासनलाई कडाइका साथ लागू गर्नुपर्ने धारणा राखिन्।

‘हामीसँग कार्यकर्ता धेरै छन्, जसमा कारबाहीमा परेका मान्छे पनि छन्, तीमध्ये धेरै समस्या भएका छन्,’ उपाध्यायले भनिन्, ‘त्यस्ता मान्छेले धेरै छुरा हान्न सक्छन्। त्यसैले पार्टीमा अनुशासन कडा र सशक्त हुनैपर्छ।’

उनले अनुशासन समितिको कारबाही क्षेत्र फराकिलो बनाउनुपर्ने सुझाव दिँदै भनिन्, ‘अन्यायमा परेकाले पार्टीभित्र न्याय नपाए विचलन बढ्छ।’

पार्टीभित्रको असन्तोष र आन्तरिक आलोचना बाहिर लैजानु भन्दा भित्रै निष्कर्ष निकाल्नुपर्नेमा उनले जोड दिइन्।

‘यहाँका कुरालाई नराखी बाहिर राख्नु उचित होइन। हामीमाथि भएका आघात, समस्या र कुन्ठा पोख्ने थलो यही हो,’ उपाध्यायको भनाइ थियो।

उनले भनिन्, ‘केन्द्रलाई औंला ठड्याउँदै सबै बिगारेको भनेर आरोप लगाइन्छ, तर कसले विधान मिचेको छ भन्ने त हेर्नुपर्छ। जहाँ विधान मिचिएको छ, त्यहाँ केन्द्रले ठाडो हस्तक्षेप गर्नुपर्छ।’

सरकार सञ्चालन र गठबन्धनका सन्दर्भमा उपाध्यायले स्थायित्व दिनुपर्ने बताइन् । ‘दुई ठूला पार्टी मिलेर सरकार बनेपछि देशमा अस्थिरता हटेको छ। कांग्रेसले यताउति नगरेसम्म सरकार परिवर्तन हुँदैन’, उनले भनिन्े ।

जनस्तरमा सन्तुष्टि नदेखिएको भन्दै उनले थपिन्, ‘चार–पाँच महिनामै सरकार परिवर्तन हुने अवस्थाबाट वाक्क भएका जनतालाई केही राहत त भएको छ, तर अहिले पनि सरकारप्रति सामाजिक सञ्जालमा असन्तोष देखिन्छ।’

उपाध्यायले कांग्रेसले गरेका सकारात्मक काम र नीतिहरू जनमानससम्म पुर्‍याउन नसकेकोमा चिन्ता व्यक्त गरिन्। ‘जनतालाई बुझाउन सकेनौं भने आलोचना मात्र सुन्नुपर्छ। अब कांग्रेसले आफ्ना नीतिबारे जनतालाई बुझाउने सक्रियता देखाउनुपर्छ,’ उनले भनिन्।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ७ : २६ बजे

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु

को हुन् मुस्लिम ? के हो इद ?

इस्लाम धर्मका अनुयायीहरू विश्वभर छन् । ‘इस्लाम’ अरबी भाषाको शब्द