विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुल्यो | Khabarhub Khabarhub

विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुल्यो


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड का लागि आवेदन खुला गरिएको छ ।

रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने मिसेस नेपाल वल्र्डको यो वर्षको प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजकले जनाएको हो ।

महिला सशक्तीकरण, आत्मविश्वास, सामाजिक सहभागिता र प्रतिभा प्रदर्शनको सशक्त मञ्चको रूपमा देश–विदेशमा नेपाली महिलाहरूको पहिचान विस्तार गर्ने उद्देश्यले सो कार्यक्रम निरन्तर आयोजित हुँदै आएको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशु कान्त झाले बताए । यस वर्षको प्रतियोगिता बिगतको भन्दा अझ बृहत् र व्यवस्थित ढंगले आयोजना गरिने उनले बताए ।  

प्रतियोगिताको ग्रान्ड फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो चरणको अडिसन श्रावण १७ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा सम्पन्न हुने र त्यसपछि छनोट भएकाहरूलाई विभिन्न प्रशिक्षणमार्फत फिनालेसम्मको यात्रा तय गराइने आयोजकले जनाएको छ ।  

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ७ : ३२ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनियम दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

जलवाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन २२ गते बिहीबार। साउन

आज २०८२ साल साउन २२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २२ गते बिहीबार। साउन

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै