सहमहामन्त्री परियारले भने- कांग्रेसकै अगुवाइमा संविधान संशोधन थालौँ « Khabarhub

सहमहामन्त्री परियारले भने- कांग्रेसकै अगुवाइमा संविधान संशोधन थालौँ


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीकै अगुवाइमा संविधान संशोधन गरिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै उनले यस्तो बताएका हुन् ।

२०८१ असार १७ गते सात बुँदे सहमति गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले अहिलेसम्म संविधान संशोधनको कुरा अघि बढाउन सकेको छैन ।

यसै सन्दर्भमा सह-महामन्त्री परियारले पार्टीकै अगुवाइमा संविधान संशोधनको काम सुरू गर्नुपर्ने बताएका हुन् । कांग्रेससँगको सहमतिअनुसार ओलीको कार्यकाल अब करिब एक वर्ष मात्रै बाँकी रहेको अवस्थामा त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् ।

यस्तोमा परियारले देउवाको नेतृत्वमा संविधान संशोधन अघि बढ्ने संकेत गरेका हुन् । बैठकलाई सम्बोधन गर्दै परियारले संविधान संशोधनका लागि कांग्रेसको अगुवाइमा संविधान संशोधन समिति बनाउनुपर्ने पनि प्रस्ताव गरेका छन् ।

‘संविधानको धारा ७२ को उपधारा २ अनुसार सरकार बनाउनेलगायत ७ बुँदे सहमति गरे पनि सरकार बनाउनेबाहेक अरू बुँदा कार्यान्वयनमा आउन सकेको छैन,’ उनले बैठकमा भने, ‘संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीकै एक वरिष्ठ नेताको संयोजकत्वमा संविधान संशोधन समिति बनाऊँ ।’

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ७ : ३४ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको