आज २०८२ साल साउन २१ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल साउन २१ गते बुधबारको राशिफल


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन २१ गते बुधबार। साउन शुक्ल पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ अगष्ट ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तको प्रगतिमा मन हर्षित बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा रमाइलो घुमघाम हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : दिन सामान्य छ। हौसिएर लगानी गर्दा व्यापारमा जोखिम बढ्नेछ। राजनीतिमा विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्ने छ। शिक्षाको क्षेत्रमा नतिजा प्राप्त नहुँदा मन निराश बन्नेछ। विदेशमा आकर्षणा बढ्नेछ।

मिथुन : दिन राम्रो छ। परिवारको साथ र सहयोग मिल्दा मन शान्त बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनाले मनमा उत्साह बढ्नेछ।

कर्कट : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रामा सम्पत्ति र समय दुवेै खर्च हुने भएकाले यात्रा नगर्नु उचित हुन्छ। राजनीतिमा आरोपप्रत्यारोप बढ्नेछ। धार्मिक कार्यमा सहभागी हुँदा नयाँ सिर्जना हुनेछ।

सिंह : दिन राम्रो छ। शुभ ग्रहको बहुमत भएकाले शिक्षा र स्वास्थ्यमा लगानीबाट फाइदा हुनेछ। परिवारभित्र गोपनीयता सुरक्षित गर्न राम्रो होला। सामाजिक क्षेत्रमा काम गर्दा मन शान्त बन्नेछ।

कन्या : दिन सामान्य छ। सानो कुराले मनमा उथलपुथल ल्याउने छ। आर्थिक क्षेत्रमा व्यायभार थपिए पनि स्वास्थ्यमा सुधार हुनेछ।। अभिभावकसँगको अन्तरक्रियाले फाइदा हुनेछ।

तुला : दिन राम्रो छ। दाजुभाइसको सहकार्य भए फाइदा हुनेछ। विपक्षीको साथ र सहयोग मिल्नेछ। राजनीतिमा अगाडि बढ्न हिम्मत गर्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

वृश्चिक : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा घाटा हुने भएकाले सचेत बन्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। मन शान्त बन्नेछ। विपक्षी साथीको साथ मिल्नेछ। राजनीतिमा फाइदा हुनेछ। धार्मिक क्षेत्रमा सहकार्य हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मकर : दिन सामान्य छ। लगानीबाट सामान्य नाफा हुनेछ। व्यापारमा लगानी नगर्नु उचित हुन्छ। स्वास्थ्य र शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ। परिवारको व्यवहारले मन आशान्त बन्ने जोखिम छ।

कुम्भ : दिन राम्रो छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा उत्साह बढ्नेछ। विपक्षी सहकार्य गरेर अगाडि बढ्न सहमत हुनेछन्। धार्मिक र सामाजिक क्षेत्रमा तपाईंको नाम रहनेछ। परिवाररको साथले उत्साह बढ्नेछ।

मीन : दिन सामान्य छ। टाउको दुख्ने जोखिम बढ्नसक्छ। हरेक काममा बाधा र अवरोध हुनेछ। व्यापारमा गरेको लगानीबाट भने नाफा हुनेछ। परिवारमा एकपटक सचेर मात्र बोल्नु उचित हुन्छ। साथीबाट प्रशंसा हुनेछ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ४ : ०० बजे

राजनीति छाडे भनेर चन्दन लाउन खोजेको होइन, तर कार्यकारी भूमिकामा रहँदैनौँ : राम कार्की 

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले आफूहरूले राजनीति छोडेको

शिक्षणसँगै व्यावसायिक केराखेती, वार्षिक १० लाख मुनाफा

 महेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका

कांग्रेस बैठकमा गगनको प्रस्ताव : पुस १६ देखि १९ सम्म महाधिवेशन गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी पुस १६ गतेदेखि

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय  

काठमाडौं– सरकारले स्विट्जरल्याण्डको जेनेभामा हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा

राप्रपा नेपालले राख्यो राजेन्द्र लिङ्देनसँग एकताको औपचारिक प्रस्ताव

काठमाडौं- समान विचार भएका राजनीति दल र शक्तिसँग सहकार्य र