पोर्टोलाई च्याम्पियन्स लिग दिलाउने जर्ज कोस्टाको निधन « Khabarhub

पोर्टोलाई च्याम्पियन्स लिग दिलाउने जर्ज कोस्टाको निधन


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी पोर्टोलाई च्याम्पियन्स लिग उपाधि जिताउने कप्तान जर्ज कोस्टाको हृदयघातका कारण निधन भएको छ । क्लबको फुटबल प्रशिक्षण केन्द्रमा मङ्गलबार राति उनको मृत्यु भएको हो ।

सन् २००४ मा पोर्टोले होसे माउरिन्होको प्रशिक्षण र कोस्टाको नेतृत्वमा उपाधि जितेको थियो । सन् २००६ मा खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका उनी त्यसपछि व्यवस्थापकीय भूमिकामा थिए ।

पोर्टोले एक विज्ञप्ति जारी गर्दै कोस्टाले आफ्नो जीवनमा क्लबको साख माथि उठाउन धेरै भूमिका निर्वाह गरेको भन्दै उनको निधनले अपूरणीय क्षति भएको जनाएको छ ।

यो वर्ष पूर्व पोर्टोका खेलाडी मध्ये यसरी अकस्मात् ज्यान गुमाउने कोस्टा तेस्रो व्यक्ति हुन् । यस अघि क्लबमा ६ वर्ष बिताएका डिएगो कोस्टा र उनका भाइ आन्द्रे सिल्भाको निधन भएको थियो ।

अहिले फेनरबाकको टोली हेरिरहेका माउरिन्होले भावविभोर हुँदै पोर्टोको निधन सिङ्गो फुटबल दुनियाँका लागि पीडाको विषय भएको बताएका छन् ।

पोर्टोको एकेडेमीबाट ग्राजुएट भएपछि उनले क्लबका लागि ३२४ खेलमा सहभागिता जनाए । सन् २००५ सम्ममा उनले क्लबलाई २४ उपाधि दिलाएका थिए । यस बिचमा उनले च्याम्पियन्स लिग, युइएफए कप र ८ पटक घरेलु लिगको उपाधि क्लबलाई  दिलाएका हुन् ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ६ : ३५ बजे

‘ग्रिनल्यान्डलाई अमेरिकी अस्पताल जहाजको आवश्यकता छैन’

कोपनहेगन– डेनमार्कका रक्षामन्त्री ट्रोअल्स लुन्ड पौल्सेनले ग्रिनल्यान्डलाई अन्य देशहरूबाट चिकित्सा

बालबालिकामा इन्टरनेटको लत : अभिभावकलाई स्वास्थ्य, शिक्षाका विषयमा चिन्ता

काठमाडौं– पछिल्लो समय प्रविधिको विकास भएसँगै मोबाइल फोन र इन्टरनेटको

चितवन–३ मा कस्तो छ चुनावी माहोल ?

चितवन–  चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र नेकपा (एमाले)का

निर्वाचनको समयमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही फागुन

छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक

मुगु– श्रमबाटै समृद्धि सम्भव हुन्छ भन्ने उद्देश्यले छायाँनाथ रारा नगरपालिकाले