अमेरिकामा नयाँ ‘भिसा पाइलट प्रोजेक्ट लन्च’ पर्यटक र व्यवसायीले १५ हजार डलरसम्म जम्मा गर्नुपर्ने « Khabarhub

अमेरिकामा नयाँ ‘भिसा पाइलट प्रोजेक्ट लन्च’ पर्यटक र व्यवसायीले १५ हजार डलरसम्म जम्मा गर्नुपर्ने


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी भिजा नियमप्रति लगातार कडाइ गरिरहेको छ । यसै क्रममा ट्रम्प प्रशासनले पर्यटक र बिजनेस भिसाका लागि पाइलट प्रोजेक्ट लन्च गरेको छ । यो नयाँ नियमले पर्यटकमाथि आर्थिक बोझ थप्ने बताइएको छ ।

ट्रम्प प्रशासन प्रवासीका लागि सुरुदेखि नै कडा रूपमा देखिइरहेका छन् । अमेरिकी भिसा र पर्यटकका लागि सुरु गरिएको यो नयाँ नियममा अमेरिका पुग्ने व्यक्तिका लागि ‘भिसा बन्ड’ का रुपमा १५ सय अमेरिकी डलरसम्म बुझाउनु पर्ने हुन्छ ।

अमेरिकी विदेश विभागको यो नयाँ कार्यक्रमले भिसा समाप्त भएपछि पनि अमेरिकामा बसिरहने व्यक्तिहरूलाई फर्काउने उद्देश्य रहेको बताइएको छ ।

नयाँ नियमअनुसार पर्यटक भिसा (बी१ भिसा) र बिजनेस भिसा (बी२ भिसा) मा अमेरिका पुग्ने व्यक्तिका लागि ‘भिसा बन्ड’ लिइने छ । जारी सार्वजनिक सूचनामा पछिल्लो केही वर्षदेखि लामो समय अमेरिका नछोड्ने र भिसा अवधि समाप्त भएपछि पनि अमेरिका नै बस्ने गरेको उल्लेख छ ।

यद्यपि सूचनामा भिसा कार्यक्रमअन्तर्गत विश्वका सबै देश पर्छन् वा केही देशमात्रलाई यो नियम लगाइएको हो, खुलाइएको छैन ।

नयाँ भिसा कार्यक्रममा के छ ?

समाचार एजेन्सी रोयटर्सका अनुसार नयाँ भिसा कार्यक्रम आगामी २० अगस्टदेखि लागू हुनेछ । र, एक वर्षसम्म सञ्चालन गरिने छ ।

अमेरिकी फेडेरल रजिस्टरद्वारा जारी सूचनाअनुसार वाणिज्य दूतावासका अधिकारीले आवेदकहरूलाई भिसा प्रदान गर्नेछन् । उनीहरूकै तजबिजले आवेदकबाट कति शुल्क असुल्ने भन्ने अधिकार प्रत्यायोजन गरिएको छ । भिसा शुल्क पाँच हजार डलर, १० हजार डलर र १५ हजार डलर तोकिएको छ ।

अधिकारीका अनुसार पर्यटक र बिजनेस भिसामा अमेरिकाबाट फर्किएपछि भिसाको शर्तअनुसार ‘बन्ड’ वापत्को धनराशि फिर्ता गरिने छ ।

अमेरिकी होमल्याण्ड सुरक्षा विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष सन् २०२३ मा अमेरिकामा ५ लाख बढी व्यक्ति भिसा समाप्त भएपछि पनि बसिरहेका छन् । यही तथ्याङ्कलाई मध्यनजर गर्दै नयाँ ‘पाइलट प्रोग्राम लन्च’ गर्ने निर्णय गरिएको हो ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १ : १० बजे

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला