सुशील र अञ्जनाले सके ‘परिवर्तन’को सुटिङ « Khabarhub

सुशील र अञ्जनाले सके ‘परिवर्तन’को सुटिङ


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली शीर्ष भूमिकामा रहेको फिल्म ‘परिवर्तन’को छायाङ्कन पूरा भएको छ । निर्देशक विजय केरुङका अनुसार यो फिल्मको छायाङ्कन ५६ दिन लगाएर सोमबार पूरा गरिएको हो ।

फिल्ममा समावेश दुई गीतको भने काठमाडौंमा छायाङ्कन हुने उनले बताए । उनले भने, ‘एक राष्टिय गीत र लोक गीतको छायाङ्कन बाँकी छ । फिल्मको छायाङ्कन भने पूरा भयो ।’

यस फिल्मको छायाङ्कन जेठ अन्तिम साताबाट सुरु भएको थियो । झापा र विराटनगरका विभिन्न स्थानमा यसको छायाङ्कन भएको निर्माण पक्षले बताएको छ ।

यस फिल्ममा बुद्धि तामाङ र करिश्मा मानन्धर पनि शीर्ष भूमिकामा रहेको बताइएको छ ।

‘दिब्यासी फिल्म्स प्रा.लि.’ को ब्यानरमा बनेको यस फिल्मको निर्माता दीपक सिवाकोटीले हुन् । सिवाकोटीले नै यसको कथा लेखेका हुन् । पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका हुन्।

वि.सं. २०२८ मा निर्देशक हिरा सिंह खत्रीको निर्देशनमा ‘परिवर्तन’ नामक चलचित्र निर्माण भएको थियो। झन्डै पाँच दशकपछि सोही नाममा नयाँ कथामा अर्को ‘परिवर्तन’ दर्शकमाझ आउन लागेको हो ।

यो फिल्म यसैवर्ष प्रदर्शनमा ल्याउने तयारीमा निर्माण पक्ष रहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  २ : ३२ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको