संसद्‌मा राप्रपाको नारा- भ्रष्टाचारी सरकार मुर्दावाद ! « Khabarhub

संसद्‌मा राप्रपाको नारा- भ्रष्टाचारी सरकार मुर्दावाद !


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद रोशन कार्कीले संसद्मा सरकारलाई भ्रष्टाचारीको संज्ञा दिँदै नारा लगाएकी छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले उपलब्ध गराएको दुई मिनेटको समयमा धारणा राख्ने क्रममा माइक काटिएपछि उनले सरकारलाई भ्रष्टाचारीको संज्ञा दिँदै नारा लगाएकी हुन् । 

माइक काटिएपछि अरु मधुरो सुनिए पनि उनले अन्तिममा चर्को ढंगले ‘भ्रष्टाचारी सरकार मुर्दावाद’ भनेको शब्द स्पष्ट सुनिएको थियो।   

त्यसअघि सांसद कार्कीले सत्तारूढ दलहरूलाई देश लुटे पनि नेपालीलाई भिजिट भिसाका नाममा विदेश लगेर नबेच्न आग्रह गरेकी थिइन् ।

 ‘भ्रष्टाचार त गर्‍यौँ–गर्‍यौँ, देश त लुट्यौँ लुट्यैँ, नेपालीहरूलाई नमार,’ उनले भनिन्, ‘भिजिट भिसाको नाममा नेपालीलाई विदेशमा लगेर नबेच । तिमीहरूको नैतिकता छ भने यसरी बेच्न पाइँदैन ।’

राप्रपा सांसद कार्कीले भिजिट भिसामा मुछिएका गृहमन्त्री रमेश लेखकलाई विदेश जाने नेपालीबाट दैनिक एक लाख रुपैयाँसम्म लिँदा मुटु काम्दैन भनेर पनि प्रश्न गरिन् ।     

‘भिजिट भिसा प्रकरणमा ५० हजारदेखि लिएर एक लाख बुझ्ने सरकार, सरकारका गृहमन्त्रीको मुटु काम्दैन् ?,’ उनले प्रश्न गरिन्, ‘आफ्ना दाजुभाइ–दिदीबहिनीहरूको लास देखेर तिनीहरूको मुटु काम्दैन ? कस्तो अचम्मको हो ? 

कार्कीले आफूहरू भिजिट भिसा विरोध नभएको प्रष्टिकरण दिँदै राप्रपाले भिजिट भिसाका नाममा भइरहेको बेथितिको विरोधी भएको जिकिर गरिन् । 

‘भिजिट भिसाको विरोधी हामीहरू होइनौँ । तर, भिजिट भिसाको नाममा नेपालीहरूलाई मार्ने, हत्या गर्ने काम जुन भएको छ, त्यसको विरोधी हौँ,’ सांसद कार्कीले भनिन्, ‘भिजिट भिसाको नाममा आज हजारौँ दिदी–बहिनीहरू घरेलु कामदारका रूपमा विदेश जान बाध्य छन् । तिनीहरू बलात्कृत भएका छन्, तिनीहरू शोषित भएका छन्, हाम्रा दाजुभाइहरू बाकसमा फर्किएर आएका छन् ।’

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १ : ४९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने