रास्वपाविरुद्ध कांग्रेस महामन्त्री शर्माको कटाक्ष – आफूभित्रका कमजोरीविरुद्ध पनि बोल्नुस् « Khabarhub

रास्वपाविरुद्ध कांग्रेस महामन्त्री शर्माको कटाक्ष – आफूभित्रका कमजोरीविरुद्ध पनि बोल्नुस्


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पुराना दलभन्दा बढी नयाँ संस्कार देखाउन सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले रास्वपालाई पुराना दलहरूभन्दा बढी संस्कार प्रस्तुत गर्ने प्रयास गर्न सुझाव दिएका हुन् ।

महामन्त्री शर्माले रास्वपाका नेताहरूलाई आफूभित्र रहेका गल्ती, कमजोरीविरुद्ध बोल्न पनि सुझाए ।

‘यतिमात्रै आग्रह गर्न चाहन्छु– नयाँ दलले हामीभन्दा बढी नयाँ संस्कार प्रस्तुत गर्ने प्रयास गरोस्,’ महामन्त्री शर्माले भने, ‘बोल्नुस् । आफैँ भित्रका त्रुटि, कमजोरी, गल्तीहरूका विरुद्ध पनि बोल्नुस् ।’

उनले संसद्मा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेको नाम नलिएरै कटाक्ष गरे । ०७९ सालको प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसको घोषणा पत्र लेख्ने टिममा रहेका वाग्ले उपनिर्वाचनमा अर्कै दलको घोषणा पत्र च्यापेर संसद्मा आएको टिप्पणी गरे ।

शर्माले के भने ?

म सम्झिन्छु एउटा देशको घटना । आमनिर्वाचनको बेलामा एउटा दलको घोषणापत्र लेख्ने ५१ जनाको समितिमा ४३ नम्बरमा रहेका एक व्यक्ति त्यही वर्षको अवधिमा अर्कै दलको घोषणा पत्र च्यापेर संसद्मा प्रवेश गर्छन् ।

प्रवेश गरेका छन् । प्रवेश गरेका रहेछन् । क्षमा चाहन्छु, मैले त्यो देशको नाम पनि बिर्सेँ । त्यो दलको नाम पनि बिर्सेँ । ती उछलकुदवाला मित्रको नाम पनि बिर्सेँ ।

तर, यतै कतै नेपालभित्रै कसैको जीवनमा मेल खान गएमा म क्षमा चाहिँ माग्न चाहन्नँ सभामुख महोदय । मैले आज उठाएको यो प्रसंग सुनेर भरे साँझको जलपान केही अड्कियो भने, रातिको निद्रामा नैतिकताको प्रश्नले झस्कायो भने । भोलि बिहानै कुनै मिडिया या छिमेकीले जिस्काए भने त्यसको पनि जिम्मा म लिन सक्दिनँ सभामुख महोदय ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  २ : ५७ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज