प्रचण्डको दाबी : केपी ओलीले एमसीसीको एक अक्षर पनि फेर्न नमानेपछि व्याख्यात्मक टिप्पणीको बाटो रोज्यौँ « Khabarhub

प्रचण्डको दाबी : केपी ओलीले एमसीसीको एक अक्षर पनि फेर्न नमानेपछि व्याख्यात्मक टिप्पणीको बाटो रोज्यौँ


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सम्झौता आफूहरूकै जोडबलपछि व्याख्यात्मक टिप्पणी सम्भव भएको बताएका छन् । आफूहरूले आन्दोलन नगरेको भनए एमसीसी जस्ताको तस्तै संसदबाट अनुमोदन हुने गम्भीर खतरा रहेको दाबी उनले गरे ।

माओवादी नेता लीलामणि पोखरेलद्वारा लिखित पुस्तक ‘नेपालमा एमसीसी’ को विमोचन कार्यक्रममा बुधबार बोल्दै अध्यक्ष प्रचण्डले एमसीसीसम्बन्धी सम्झौता प्रारम्भदेखि नै माओवादीले गहिरो अध्ययन, बहस र मूल्यांकन गर्दै आएको स्मरण गरे।

उनले नेकपाकालीन समय उल्लेख गर्दै कार्यदलले अनुमोदन नगर्न भनेको बताए । ‘मैले नेतृत्व गरेर गठन गरिएको कार्यदलले स्पष्ट निष्कर्ष निकालेको थियो — एमसीसीलाई अनुमोदन गर्नु हुँदैन’, उनले भने ।

दाहालले कार्यदलको प्रतिवेदनपछि तत्कालीन स्थायी समितिमा यसबारे छलफल पनि भएको खुलाए । तर, बाह्य प्रचार र अमेरिकी आधिकारिक घोषणापछि नेपाल इनडो-प्यासिफिक स्ट्राटेजी (आईपीएस) मा सहभागी भएको पुष्टि भएपछि जनतालाई ढाँटेको प्रमाणित भएको उनले बताए ।

‘तत्कालीन परराष्ट्र मन्त्रीले अस्वीकार गरे पनि अमेरिकाले नेपाललाई आईपीएसमा सहभागी राष्ट्र घोषणा गरेकाले उनले पार्टी र जनतालाई ढाटेको प्रमाणित भयो,’ प्रचण्डले भने।

कांग्रेस-एमाले ‘जस्ताको तस्तै पारित’ गर्न चाहन्थे

प्रचण्डले कार्यक्रममा नेपाली कांग्रेस एमसीसीलाई यथास्थितिमा अनुमोदन गराउन जोडदार रुपमा लागेको खुलाए । एमालेसँगको संवादमा केपी शर्मा ओली नेतृत्व जस्ताको तस्तै पास गराउने पक्षमा अझै कठोर देखिएको उनले दाबी गरे।

‘कांग्रेसभन्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी नेतृत्व एमसीसीमा कुनै पनि अल्पविराम र पूर्णविराम पनि परिवर्तन गर्न हुँदैन भन्नेमा अझ अडिग थिए,’ उनले आरोप लगाउँदै भने ।

त्यही भएर माओवादी केन्द्रले एमसीसी यथास्थितिमा पारित नहोस् भनेर आन्दोलन गरेको उनले बताए । ‘यदि एमाले तयार हुन्थ्यो भने नेतृत्व दिने प्रस्ताव गर्न पनि हामी तयार थियौं,’ उनले भनेका छन् ।

दुवै प्रमुख दलको अडान देखेपछि संशोधनको सम्भावना समाप्त भएको निष्कर्षमा आफू पुगेको प्रचण्डले बताएका छन् । त्यसपछि व्याख्यात्मक टिप्पणीसहित ती दुवै दल सम्झौता अनुमोदन गर्न बाध्य भएको उनको जिकिर छ ।

प्रचण्डले व्याख्यात्मक टिप्पणीलाई भविष्यमा कुनै बदमासी भए प्रतिवाद गर्न सकिने आधारका रूपमा प्रस्तुत गरेका छन् ।

माओवादी केन्द्र नै एमसीसी र आईपीएसविरुद्ध सबैभन्दा स्पष्ट, सशक्त र सैद्धान्तिक अडान राखेको पनि जिकिर गरे ।

प्रचण्डले माओवादी केन्द्र यथास्थितिमा सम्झौता अनुमोदनको विपक्षमा भए पनि भूरराजनीतिक कारण व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्न बाध्य भएको स्वीकारेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ६ : ३० बजे

पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

सिरहा– आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक

जाडो छल्न आएका चरा फर्किन थाले

चितवन– जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् ।

युद्धमा होमिए पाकिस्तान-अफगानिस्तान : १२७ जना मारिए 

इस्लामाबाद– दुई छिमेकी पाकिस्तान र अफगानिस्तान युद्धतिर होमिएका छन् । बिहीबार

मतदाता आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’

काठमाडौं– यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर– जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’