सेवाग्राही खोज्दै राजधानी पुगे वडाका जनप्रतिनिधि ! « Khabarhub

सेवाग्राही खोज्दै राजधानी पुगे वडाका जनप्रतिनिधि !


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

दोलखा– स्थानीय तहका जनप्रतिनिधि साउन लागेसँगै सहर केन्द्रित सेवाग्राही खोज्न राजधानी पुग्न थालेका छन् । 

गाउँघर छाडेर राजधानीमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई वडाको सेवा लिएर वैतेश्वरका विभिन्न वडाका जनप्रतिनिधि तथा कर्मचारी अहिले राजधानीमा पुगेका हुन् ।

८ वटा वडा रहेको वैतेश्वर गाउँपालिका भित्रका वडाहरूले चालु वर्षको सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरणको लागि काठमाडौं केन्द्रित घुम्ती शिविर चलाएर सेवा दिइरहेका छन् ।

पालिकाको वडा नम्बर-८ क्षेत्रपाले गत शुक्रबार र शनिवार काठमाडौंको जडीबुटीमा भत्ताकार्डको नवीकरणको लागि घुम्ती शिविर सञ्चालन गरेको थियो ।

वडामा आउन नसक्ने तथा काठमाडौं बसोबास गरिरहेका ४३ जना नागरिकलाई राजधानीमै पुगेर सेवा दिएको वडा अध्यक्ष शान्त बहादुर जिरेलले बताए ।

त्यसैगरी सोही पालिकाको वडा नम्बर-४ काब्रेले पनि हिजो मंगलबार र आज बुधबार घुम्ती शिविर राखेर ७० जना ज्येष्ठ नागरिक,एकल महिला,दलित तथा अपाङ्गता भएका व्यक्तिहरूको भत्ता कार्ड नवीकरण गरेको वडा अध्यक्ष कुमार चौलागाईंले जानकारी दिए ।

वडाबाट जनप्रतिनिधि तथा कर्मचारी गएर दुई दिन शिविर आयोजना गरी कार्ड नवीकरण गरिएको उनले बताए ।

वैतेश्वरका अन्य वडाहरूले पनि गाउँ छाडेर राजधानी बसोबास गर्दै आएका नागरिकलाई राजधानीमै पुगेर सेवा दिने जनाएका छन् ।

जस अन्तर्गत वडा नम्बर-३ ले यहीँ साउन २३ र २४ गते कोटेश्वरमा शिविर राख्ने भएको छ । 

वडाले वडा नम्बर-३ मिर्गे स्थानीय ठेगाना भएका ज्येष्ठ नागरिक, दलित, एक महिला तथा अपाङ्गता भएका नागरिकहरूको दुई दिन शिविर राखेर सेवा दिन लागेको वडा अध्यक्ष कमल अधिकारीले बताए ।

त्यसैगरी वडा नम्बर- २ले पनि यहीँ साउन अन्तिममा काठमाडौं बसोबास गर्ने वडाका नागरिकको भत्ता नवीकरण गर्ने भएको छ ।

अहिले वडामा बसोबास गरिरहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका नागरिकहरूको कार्ड नवीकरणको काम भइरहेको र वडाको सकेर काठमाडौंमा शिविर आयोजना गर्ने वडा अध्यक्ष श्याम कुमार घिसिङ तामाङले बताए ।

त्यसैगरी वडा नम्बर ५ र ८ ले पनि आउँदो भदौ ८/९ गते काठमाडौं बसोबास गर्नेहरूलाई सेवा दिने जनाएका छन् भने,वडा नम्बर-१ गैरिमुदीले पनि भदौ ४ गतेदेखि ७ गतेसम्म काठमाडौंको जडीबुटीमा घुम्ती शिविर आयोजना गरेर सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्ने जनाएको छ ।

वडा नम्बर-६ नाम्दुले पनि वडाको नवीकरण सकेर काठमाडौं बसोबास गर्दै आएकाहरूलाई भदौमा त्यहीँ पुगेर सेवा दिने वडा अध्यक्ष अशोक तामाङले जानकारी दिए । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ६ : ३४ बजे

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ– जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’

म्याग्दीको रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका

‘डीएनए’ नमूना सङ्कलनपछि २८० शव व्यवस्थापन

चितवन– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी

सुदूरपश्चिममा गौरा पर्व सुरु, घरघरमा बिरुडा राखिँदै

डडेल्धुरा– सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु