प्रतिपक्षी दलहरूको निष्कर्ष- आयोगको स्वमूल्यांकन कार्यविधि एमालेको इच्छाअनुसार आयो, संयुक्त प्रतिवादमा उत्रिने « Khabarhub

प्रतिपक्षी दलहरूको निष्कर्ष- आयोगको स्वमूल्यांकन कार्यविधि एमालेको इच्छाअनुसार आयो, संयुक्त प्रतिवादमा उत्रिने


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सिंहदरबारमा बसेको विभिन्न दलको बैठकले निर्वाचन आयोगको ‘राजनीतिक दलहरूको स्वमूल्यांकनसम्बन्धी कार्यविधि’ संविधान र कानुनको मर्मविपरीत रहेको निचोड निकालेको छ।

सत्तारूढ कांग्रेस र प्रमुख विपक्षी एमालेबाहेकका दलहरूको सहभागी बैठकमा निर्वाचन आयोगले उक्त कार्यविधि एमालेको चहाना र इच्छाअनुसार ल्याएकाले त्यसको प्रतिवाद गर्ने निष्कर्ष निकालेको हो ।

नेताहरूले आयोगको हालैको गतिविधि दलहरूको अधिकारमाथि हस्तक्षेप, असंवैधानिक अभ्यास थाल्ने र साना तथा वैकल्पिक दलहरूलाई निष्क्रिय बनाउने नियतले अघि बढिरहेको पनि ठहर गरेका छन् ।

माओवादी उपमहासचिव वर्षमान पुनले बैठकपछि भनेका छन्, ‘निर्वाचन आयोगले ल्याएको कार्यविधि संविधान र कानुनको परिधिबाहिरको हो भन्ने निष्कर्ष निकाल्यौँ । यस कार्यविधिले कांग्रेस र एमाले बाहेकका दलहरूलाई कमजोर पार्ने षड्यन्त्र देखिन्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले आयोग सत्तारूढ दलहरूको प्रभावमा चलिरहेको बताइन् । स्वतन्त्र तथा वैकल्पिक आवाजलाई दबाउने कार्यमा आयोग लागेको पनि उनले बताएकी छन् ।

‘स्वमूल्यांकनको नाममा आयोग आफैँ मूल्यांकन गर्ने अधिकार बनाउँदैछ, जुन संवैधानिक रूपमा वैध छैन,’ उनले भनिन् । गौतमले निर्वाचन आयोगले प्रत्यायोजित विधायनको दुरुपयोग गरेको आरोपसमेत लगाएकी छन् ।

बैठकमा सहभागी दलका नेताहरूले आयोगले संविधानबाहिर गएर दलहरूको मूल्यांकन, सञ्चालन, रेखदेख तथा निर्देशन गर्ने प्रयास गरेको भन्दै चाँडै साझा धारणा सार्वजनिक गर्ने बताएका छन् ।

बैठकले निर्वाचन आयोगको यो कदमप्रति गम्भीर आपत्ति जनाउँदै कार्यविधि खारेज गर्न माग गर्ने साझा रणनीति तय गर्न छलफल अगाडि बढाएको नेताहरूले बताएका छन् ।

यस बैठकमा माओवादी अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सांसद सोबिता गौतम, राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, जनमतका अध्यक्ष डा. सीके राउत, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जसपा नेपालकी सचेतक रेखा यादव र आमजनता पार्टीका अध्यक्ष प्रभु साहसहित उपस्थित थिए ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ६ : ५१ बजे

पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

सिरहा– आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक

जाडो छल्न आएका चरा फर्किन थाले

चितवन– जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् ।

युद्धमा होमिए पाकिस्तान-अफगानिस्तान : १२७ जना मारिए 

इस्लामाबाद– दुई छिमेकी पाकिस्तान र अफगानिस्तान युद्धतिर होमिएका छन् । बिहीबार

मतदाता आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’

काठमाडौं– यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर– जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’