तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल | Khabarhub Khabarhub

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको बताएका छन् ।

ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले अझै पनि अहिलेको विकास पद्दतिबाट सन्तुष्ट हुन नसकिने भएकलो मुलुकको तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको बताए । उनले स्थायित्वका लागि राजनीतिक ध्रुवीकरण आवश्यक रहेकोसमेत बताए ।

महासचिव पोखरेलले मुलुकको सामाजिक र आर्थिक रूपान्तरणको नेतृत्व गर्नसक्ने सामथ्र्य एमालेसँग मात्र रहेको धारणा राखे । “मुलुकमा सामाजिक, आर्थिक परिवर्तन ल्याउने र ल्याउनसक्ने सामथ्र्य भएको पार्टी नेकपा एमाले मात्र हो, आज पार्टी प्रवेश गर्नुको अर्थ सही पार्टीको छनोट गर्नु हो”, उनले भने ।

महासचिव पोखरेलले विगतमा देशमा भएका अधिकांश महत्त्वपूर्ण रूपान्तरणको नेतृत्व एमालेको नेतृत्वमा भएको बताए । उनले २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै अगाडि सारिएको मिसन–२०८४ लाई सफल बनाउन नवप्रवेशीको सहभागिता महत्त्वपूर्ण हुने विश्वास बताए । कार्यक्रममा विभिन्न दलहरूमा आबद्ध ३८ जना एमालेमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १० : ५३ बजे

आज २०८२ साल कात्तिक ९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ९ गते आइतबार। कात्तिक

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी