सामाजिक सञ्जालबारे सञ्चारमन्त्री गुरुङले झुट बोलेको आरोप « Khabarhub

सामाजिक सञ्जालबारे सञ्चारमन्त्री गुरुङले झुट बोलेको आरोप


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

लमजुङ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रमुख सचेतक  ज्ञानेन्द्र शाहीले सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ माथि सामाजिक सञ्जालको विषयलाई लिएर गम्भीर आरोप लगाएका छन् ।

लमजुङको बेँसीशहरमा आइतबार आयोजित राप्रपाको जिल्ला अधिवेशनमा बोल्दै शाहीले मन्त्री गुरुङले झुट बोलेको दाबी गर्दै सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाएका हुन् ।

शाहीले मन्त्री गुरुङले सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने भनेर अभिव्यक्ति दिएकोमा आपत्ति जनाए । दर्ता र सूचीकरण (लिस्टिङ) दुई फरक प्रक्रिया भएको बताउँदै उनले मन्त्रीले सूचीकरणलाई नै दर्ता भनी जनतालाई भ्रममा पारेको आरोप लगाए ।

‘दर्ता र सूचीकरणमा आकाश र जमिनको फरक छ,’ शाहीले भने, ‘तर मन्त्री गुरुङले सामाजिक सञ्जाल बन्द गर्न खोज्दै सूचीकरणलाई दर्ता भनेर जनतालाई ढाँट्नुभएको छ।’ उनले मन्त्रीको यो कार्यलाई निरङ्कुशताको पराकाष्ठा समेत भनेका छन् ।

​नेता शाहीले लमजुङका जनताले आगामी चुनावमा मन्त्री गुरुङलाई पराजित गर्ने चेतावनी समेत दिएका छन्। ‘अब लमजुङका जनताले सञ्चार मन्त्रीलाई लमजुङबाटै चुनाव हराउनेछन्,’ उनले दाबी गरे ।

मन्त्री गुरुङले केही समयअघि नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ता गराउनुपर्ने र यदि दर्ता नगरिए ती बन्द गर्न सकिने बताएका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ७ : १९ बजे

बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

काठमाडौं– नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ पूर्ती

साजिद खान छायांकनका क्रममा घाइते भएपछि…

काठमाडौँ- बलिउड फिल्म निर्माता तथा निर्देशक साजिद खान मुम्बईमा छायांकनका

जनता समाजवादी पार्टी र जसपा नेपालबीच एकीकरण 

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता

रसुवागढी नाका अंग्रेजी नयाँवर्षदेखि पूर्णरुपमा खुल्ने

नेपाल– चीन सिमामा पर्ने लेहेन्दे खोलामा आएको बाढीका कारण ठप्प

वर्षाले क्षतिग्रस्त इलामका सडक मर्मत–पुनर्निर्माणका लागि २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौं–  गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका