सामाजिक सञ्जालबारे सञ्चारमन्त्री गुरुङले झुट बोलेको आरोप « Khabarhub

सामाजिक सञ्जालबारे सञ्चारमन्त्री गुरुङले झुट बोलेको आरोप


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

लमजुङ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रमुख सचेतक  ज्ञानेन्द्र शाहीले सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ माथि सामाजिक सञ्जालको विषयलाई लिएर गम्भीर आरोप लगाएका छन् ।

लमजुङको बेँसीशहरमा आइतबार आयोजित राप्रपाको जिल्ला अधिवेशनमा बोल्दै शाहीले मन्त्री गुरुङले झुट बोलेको दाबी गर्दै सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाएका हुन् ।

शाहीले मन्त्री गुरुङले सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने भनेर अभिव्यक्ति दिएकोमा आपत्ति जनाए । दर्ता र सूचीकरण (लिस्टिङ) दुई फरक प्रक्रिया भएको बताउँदै उनले मन्त्रीले सूचीकरणलाई नै दर्ता भनी जनतालाई भ्रममा पारेको आरोप लगाए ।

‘दर्ता र सूचीकरणमा आकाश र जमिनको फरक छ,’ शाहीले भने, ‘तर मन्त्री गुरुङले सामाजिक सञ्जाल बन्द गर्न खोज्दै सूचीकरणलाई दर्ता भनेर जनतालाई ढाँट्नुभएको छ।’ उनले मन्त्रीको यो कार्यलाई निरङ्कुशताको पराकाष्ठा समेत भनेका छन् ।

​नेता शाहीले लमजुङका जनताले आगामी चुनावमा मन्त्री गुरुङलाई पराजित गर्ने चेतावनी समेत दिएका छन्। ‘अब लमजुङका जनताले सञ्चार मन्त्रीलाई लमजुङबाटै चुनाव हराउनेछन्,’ उनले दाबी गरे ।

मन्त्री गुरुङले केही समयअघि नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ता गराउनुपर्ने र यदि दर्ता नगरिए ती बन्द गर्न सकिने बताएका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ७ : १९ बजे

राष्ट्रपति पौडेल जापान प्रस्थान: कस्तो छ भ्रमण तालिका ?

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणमा गएका

निर्वाचन ३१ दिन बाँकी : ३० लाख मतपत्र छापियो

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १९ गते सोमबार फागुन

आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १९ गते सोमबार फागुन