एमाले विधान महाधिवेशन : दोस्रो दिनको कार्यक्रम सुरु « Khabarhub

एमाले विधान महाधिवेशन : दोस्रो दिनको कार्यक्रम सुरु


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर : नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत दोस्रो दिनको कार्यक्रम सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा शुक्रबार बन्दसत्रमा प्रस्ताव हुन बाँकी तीन प्रतिवेदन पेस हुने क्रम जारी छ ।

अहिले निर्वाचन आयोगका संयोजक डा। विजय सुब्बाले प्रतिवेदन पेश गर्दै छन् । यस्तै, निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन पेस हुँदैछ । प्रतिवेदन पेस भएपछि १० समूहमा छलफल हुनेछ ।

आइतबार प्रत्येक समूहको निष्कर्ष प्रस्तुत गरिनेछ। समूहहरूको प्रस्तुतिबाट आएको निष्कर्ष प्रतिवेदन प्रस्तोताहरूले स्पष्ट पार्नेछन् र त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनलाई सम्बोधन गर्दै औपचारिक रूपमा समापन गर्ने कार्यक्रम तय भएको छ ।

कोशी, सुदूरपश्चिम, मधेस, कर्णाली, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै समूहमा छलफल गर्नेछन्। त्यसै गरी उपत्यका विशेष प्रदेश, विभिन्न जनसंगठन, सम्पर्क समन्वय समिति र प्रवासमा संलग्न प्रतिनिधिहरूको छुट्टै समूह बनाइएको छ ।

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद्का संयोजक अमृत बोहोराले प्रतिवेदन पेश गरिसकेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  १० : १७ बजे

राष्ट्रपति पौडेल जापान प्रस्थान: कस्तो छ भ्रमण तालिका ?

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणमा गएका

निर्वाचन ३१ दिन बाँकी : ३० लाख मतपत्र छापियो

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १९ गते सोमबार फागुन

आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १९ गते सोमबार फागुन