भक्तपुरमा आजदेखि इन्द्र जात्रा  « Khabarhub

भक्तपुरमा आजदेखि इन्द्र जात्रा 


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई आज भक्तपुरमा इन्द्र जात्रा सुरु भएको छ ।

आज स्थानीयले इन्द्रायणी देवताको मूर्तिलाई खटमा राखेर खट जात्रा गरी ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात् सिद्धपोखरीमा पु¥याएर जात्रा मनाउँछन् ।

इन्द्र दह अर्थात् सिद्धपोखरीमा इन्द्रायणी देवता पुर्‍याएपछि आज साँझदेखि रातभरि र भोलि दिनभर यहाँ भव्य मेला लाग्ने गर्दछ । आज रातभर जात्रा गरी भोलि पूर्णिमामा दिनभर मेलासँगै साँझ बाजागाजाका साथ पुनः भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहमा भित्र्याएपछि इन्द्र जात्रा सम्पन्न हुने परम्परा छ । 

नेपाल संवत् २१८ मा इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको संस्कृतकर्मी यज्ञ जोशीले जानकारी दिए । 

स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्र दह रहेको धार्मिक विश्वास छ । उनले यसलाई ‘ञँकीदह’ पनि भन्ने गरिएको उनले बताए। यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बालेर झिलीमिली बनाउने प्रचलन छ ।

कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोवर्द्धन पहाड औँलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झना स्वरुप इन्द्र दहमा मेला लाग्ने गरेको इतिहासविद् प्रा.डा पुरुषोत्तम लोचन श्रेष्ठले बताए। राजतन्त्रको पराजय र जनताको विजयीका रुपमा पनि यो जात्रा मनाइने श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  १ : २० बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार