नक्कली भारतीय मुद्रासहित पाँच जना पक्राउ « Khabarhub

नक्कली भारतीय मुद्रासहित पाँच जना पक्राउ


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरमा नक्कली भारतीय मुद्रासहित पाँच जना पक्राउ परेका छन् । शुक्लाफाँटा नगरपालिका–३ जोनापुरबाट दुई जना नेपाली र तीन जना भारतीय नागरिक साढे ७३ हजार भारतीय नक्कली मुद्रासहित पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा शुक्लाफाँटा–१ बन्साहका ३२ वर्षीय सौगातबहादुर सिंह र २४ वर्षका  चन्द्र बोहरा तथा भारतीय नागरिक २५ वर्षीय कुलदिप चतुर्बेदी, २० वर्षीय अमित यादव र २४ वर्षीय हिमांशु शर्मा रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयले खुलाएको परिचयअनुसार भारतीय नागरिक चर्तुबेर्दी बरेली तेसिलमिगञ्ज ग्रामका, यादव बरेली फटितेगञ्जका र उद्धमसिंह नगर उत्तराखण्डका बासिन्दा हुन् । 

उनीहरू पाँचै जनालाई नेपाली सेनाको रणसिहं सुरक्षा गण जोनापुर पोस्टले चेकजाँच गर्ने क्रममा नक्कली जस्तो देखिने भारतीय रूपैयाँ पाँच सय दरका १४७ थानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

नक्कली नोटसहितको समूहबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय झालारीको टोलीले पिछा गर्ने क्रममा सेनाको चेकपोस्टमा उनीहरू पक्राउ परेका कञ्चनपुर प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार पक्राउ परेकाहरू भारतीय नम्बर यूपी १४ बीएच २०७३ नम्बरको गाडीमा सवार थिए ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  २ : ३५ बजे

राष्ट्रपति पौडेल जापान प्रस्थान: कस्तो छ भ्रमण तालिका ?

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणमा गएका

निर्वाचन ३१ दिन बाँकी : ३० लाख मतपत्र छापियो

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १९ गते सोमबार फागुन

आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १९ गते सोमबार फागुन