आक्रमणअघि गाजा छोड्न इजरायली सेनाको निर्देशन « Khabarhub

आक्रमणअघि गाजा छोड्न इजरायली सेनाको निर्देशन


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम- इजरायली सेनाले गाजा सहरका बासिन्दाहरूलाई शनिबार योजनाबद्ध आक्रमणअघि यस क्षेत्र छोड्न निर्देशन दिएको छ ।

सेनाले आक्रमणका लागि कुनै समय–सीमा नतोकी आक्रमणको घोषणा गरेको जनाइएको छ ।

घोषणालाई आत्मसात गरी मानवीय क्षेत्रबाट चाँडै सर्न सैन्य प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जालमार्फत् निर्देशन दिएका हुन् ।

गाजाको दक्षिणी तटमा रहेको अल–मवासीमा खाना, शिविर, औषधि र चिकित्सा उपकरणको निरन्तर आपूर्तिको साथै घुम्ती अस्पताल, पानी लगायतका सुविधाहरु भएको सेनाले बताएको छ ।

अल–मवासीमा संयुक्त राष्ट्र र अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यमा राहत सहयोगका प्रयासहरू निरन्तर जारी रहनेसमेत जनाइएको छ ।

सुरुवाती समयमा इजरायलले अल–मवासीलाई सुरक्षित क्षेत्र घोषणा गरेको थियो, तर नागरिकहरूबिच लुकेका हमास लडाकुहरूलाई लक्षित गरेको भन्दै हाल त्यहाँ बारम्बार आक्रमण गरिरहेको छ ।

स्थानीय बासिन्दाहरुले कोही वस्ती खाली गर्न भन्ने र कोहीले बस्नुपर्ने बताएपछि दोहोरो आक्रमणको त्रासबीच हाल उनीहरु रिमल क्षेत्रको एउटा शिविरमा शरण लिइरहेको जनाएका छन् ।

लगभग दुई वर्षको द्वन्द्व अन्त्य गर्न बढ्दो अन्तर्राष्ट्रिय दबाबको बाबजुद गाजा सहर वरपर आफ्नो कारबाही बढाउँदै गर्दा इजरायली सेनाले प्यालेस्टिनी नागरिकहरूलाई वस्ती छोड्न निर्देशन गरेको छ।

हमासले गत महिना अस्थायी युद्धविराम र चरणबद्ध बन्धक मुक्तिको प्रस्तावमा सहमति जनाएको थियो । यसैवीच, इजरायलले आतङ्कवादी समूहलाई सबै बन्धकहरूलाई एकैचोटि रिहा गर्न, अन्य सर्तहरूसहित निरस्त्रीकरणको माग गरेको छ ।

शुक्रबार ह्वाइट हाउसमा पत्रकारसमक्ष राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका बन्दीहरूको विषयलाई लिएर अमेरिकाले हमाससँग वार्ता गरिरहेको बताएका थिए ।

गत महिना अनिकाल घोषणा गरेको गाजा सहर र वरपर करिब १० लाख मानिसहरू रहेको संयुक्त राष्ट्रसङ्घको अनुमान छ । यदि आक्रमण जारी रह्यो भने यसले ‘प्रकोप’ निम्त्याउने चेतावनीसमेत राष्ट्रसङ्घले दिएको छ ।

इजरायलले आक्रमणले दस लाख मानिसहरूलाई विस्थापित गर्ने अपेक्षा गरेको बताएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ५ : ५२ बजे

प्रचण्ड र माधवले देखेको खतरा : कुनै दलको बहुमत आउँदैन, देश फेरि अस्थिरतातिर जान्छ

काठमाडौं- विभिन्न कम्युनिष्ट तथा समाजवादी पार्टीहरू मिलेर गत कात्तिक १९

गोरखामा रविले भने- सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ 

गोरखा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार

मुख्य ६ एजेन्डासहित मतदातालाई प्रचण्ड-माधवको अपिल, ‘व्यवस्था बदल्यौँ, अब जनताको अवस्था बदल्छौँ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले चुनाव नजिकिँदै गर्दा बिहीबार मतदाताका लागि

बाढीले थला परेको रोशीमा छैन चुनावी चहलपहल (तस्बिरहरू)

काठमाडौं– अहिले देशभर चुनावी माहौल छाएको छ ।  नयाँ पुस्ता

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन– देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म कुनै