मुन्धुमी जीवनदर्शन बुझाउने ‘सेक्मुरी फूल’ विमोचित « Khabarhub

मुन्धुमी जीवनदर्शन बुझाउने ‘सेक्मुरी फूल’ विमोचित


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आख्यानकार मनु योङहाङद्वारा लिखित उपन्यास ‘सेक्मुरी फूल’ विमोचन गरिएको छ। मुन्धुम र बौद्ध दर्शनबीचको देशना, विमर्श र संवादमा आधारित उपन्यासको शनिबार आयोजित एक कार्यक्रमका बीच विमोचन गरिएको हो । यो योङहाङको आठौँ कृति हो । 

उपन्यासको विमोचन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले उपन्यासले पाठकलाई बौद्ध र लिम्बू दर्शनसँगै मुलुकमा विद्यमान जीवन दर्शनको परिचय गराउने बताए। उनले उपन्यासमा मिथक र शैलिगत विचित्रताको प्रयोगबारे चर्चा गरे । 

‘पाठकहरूलाई मुन्धुम दर्शन के हो भन्ने जानकारी हुन्छ । जीवन दर्शनका अन्य विषय जानकारी हुन्छ । हामी ज्ञान मिमांसाको क्षेत्रमा कति धनी छाैँ भन्ने ज्ञान हुन्छ’, आयामेली कवि काइँलाले भने। 

उपन्यासकार योङहाङले मुन्धुम दर्शन एक समुदायमा मात्र सीमित नहोस् भन्ने मनसायले सबै समुदायका पाठकमा यसका महत्त्व पुर्‍याउन उपन्यासले सहयोग गर्ने विश्वास व्यक्त गरे। उनले यसअघि आफ्नो कृति ‘थोक्फेला (लालीगुरासँको फूल)’ को प्रकाशनपछि पाठकको सुझावअनुसार नै यसपटक ‘सेक्युमरी फूल’ लेखिएको प्रसङ्ग उल्लेख गरे  । 

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ६ : ४२ बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने