भारतलाई विश्व जल खेलकुदमा बलियो बनाउन खेलो इण्डिया महोत्सव « Khabarhub

भारतलाई विश्व जल खेलकुदमा बलियो बनाउन खेलो इण्डिया महोत्सव


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत प्रशासित जम्मु कश्मीरको राजधानी श्रीनगरमा खेलो इण्डिया वाटर स्पोर्ट्स फेस्टिभल सम्पन्न भएको छ । श्रीनगरको दाल तालमा आयोजित खेल महोत्सवमा कयाकिङ, कनोयिङ, रोयिङ र अन्य जल खेलकुदका स्पर्धा समावेश थिए ।

भारतको खेल प्राधिकरणको तत्वावधानमा आयोजित यस महोत्सवले सन् २०२८ मा अमेरिकाको लस एन्जल्समा आयोजना हुने ओलम्पिकका लागि प्रतियोगीका लागि प्रशिक्षण र क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । यस महोत्सवले यस क्षेत्रमा भारतको बढ्दो क्षमता उजागर गर्नुका साथै भारतले अन्तर्राष्ट्रिय स्तरमा अझ राम्रो प्रदर्शन गर्ने अपेक्षा पनि बढेर गएको छ ।

यो महोत्सवले खेलाडीहरुलाई उच्चस्तरीय सुविधा, प्रतिस्पर्धा र उचित प्रशिक्षणको अवसर दिन भारत सरकारको प्रतिबद्धतालाई पनि उजागर गरेको छ । त्यसैगरी, यस महोत्सवले युवा खेलाडीको सीप र आत्मविश्वास अभिवृद्धि गर्न पनि मद्दत पुर्‍याएको छ ।

कयाकिङ, कनोयिङ, रोयिङ र पौडीजस्ता खेलमा शारीरिक शक्तिमात्रै नभइ प्राविधिक सीप, मानसिक चुस्तता र रणनीतिक सोचाइ पनि चाहिन्छ । यस्ता आवश्यकतालाई मध्यनजर गर्दा यस महोत्सवले प्रतिस्पर्धात्मक तर सहयोगी वातावरणमा आफ्नो सीपलाई थप अभिवृद्ध गर्न खेलाडीलाई अवसर पनि प्रदान गरेको छ ।

यसले गर्दा भारतलाई विश्व जल खेलकुदको क्षेत्रमा थप मजबुतिका साथ स्थापित हुन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ७ : ३३ बजे

धनुषा र महोत्तरीबाट छ हजार क्विन्टलभन्दा बढी धान खरिद

महेन्द्रनगर – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश

प्रहरीप्रति नागरिकको विश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँ : प्रहरी प्रवक्ता काफ्ले

नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित

सञ्चारमन्त्री खरेलले भने- म आजको दिनसम्म कुनै पार्टीमा आबद्ध छैन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आजको दिनसम्म आफू

सन् २०२५ मा लिबियाबाट ३७ हजारभन्दा बढी आप्रवासीलाई स्वेच्छिक निर्वासन

एजेन्सी– लिबियाको अवैध आप्रवासन विरोधी एजेन्सीले अनियमित आप्रवासन प्रवाहको सामना

स्काभेटर र टिपरको बीचमा च्यापिएर एक जनाको मृत्यु

तनहुँ– जिल्लाको ऋषिङ गाउँपालिका-१ ड्यामसाइडस्थित कालिका कन्ट्रक्सनमा काम गर्ने एक