पाकिस्तानको विस्थापित शिविरमा गर्भवती महिलाको अवस्था दयनीय « Khabarhub

पाकिस्तानको विस्थापित शिविरमा गर्भवती महिलाको अवस्था दयनीय


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एउटा विद्यालयको कक्षाकोठामा हालै पूर्वी पाकिस्तानमा आएको बाढीबाट विस्थापित भएकाहरुलाई उद्धार गरी बनाइएको छ । यो शिविरमा गर्भवती महिलाहरु पनि छन् ।

लाहोरनजिकै चुङ क्षेत्रमा रहेका आफ्ना घरमा पानीको स्तर कहिले घट्छ र फर्कौँला भनेर उनीहरु कुरिरहेका छन् । यहाँ रहेका महिलाहरु स्यानीटरी प्याड र गर्भवती भएका बेला चाहिने स्याहारसँगै अन्य अत्यावश्यक औषधिको पहुँचबाट पनि टाढा छन् ।

शुमाइला रियाज १९ वर्षकी भइन् । अहिले उनको पेटमा ७ महिने भ्रुण हुर्किरहेको छ । पछिल्लो चार दिनदेखि उनी गर्भावस्थाको पीडा सहँदै उद्धार शिविरमा बसिरहेकी छिन् ।

‘म हुनेवाला सन्तानबारे सोच्न चाहन्छु तर मेरै भविष्य अनिश्चित छ ।’ समाचार संस्था एएफपीसँग उनले भनिन् ।

यी महिलाहरु यस विद्यालयमा २ हजारभन्दा धेरै विस्थापितहरुसँगै बसिरहेका छन् । उनीहरुले लगाएका कपडा मैला छन् । उनीहरुको कपाल जिङ्ग्रिङ्ग परेका छन् ।

‘मेरो शरीर साह्रै दुख्छ र चाहेको औषधि मैले भेटेकी छैन ।’ १९ वर्षीया फातिमाले भनिन् । एक वर्षीया छोरीकी आमा उनी अहिले ४ महिने गर्भवती छिन् ।

‘म चाहेअनुसार खान्थेँ, चाहेअनुसार सुत्थेँ, चाहेअनुसार हिँड्थेँ । अहिले केही गर्दिनँ । म यहाँ केही गर्न सक्दिनँ ।’ आफ्नो वास्तविक नाम प्रयोग नगर्न अनुरोध गर्दै फातिमाले एएफपीसँग भनिन् ।

पछिल्लो साताको वर्षाका कारण पाकिस्तानको कृषिभूमि मानिने पञ्जाब प्रान्तका तीन प्रमुख नदीमा जलसतह बढेको छ । प्रान्तकी वरिष्ठ मन्त्री मरियम औरङ्गजेबका अनुसार बाढीबाट पञ्जाबमा २० लाखभन्दा धेरै मानिसहरु प्रभावित भएका छन् ।

७ लाख ५० हजारभन्दा धेरै मानिसहरुलाई उद्धार गरिएको छ । यीमध्ये १ लाख १५ हजारलाई डुङ्गाबाट उद्धार गरिएको । यस विपदलाई पाकिस्तानको इतिहासकै सबैभन्दा ठूलो उद्धार अभियान ठानिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ८ : २६ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

जलाइएको सरकारी निवास बस्नै नमिल्ने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु