अष्ट्रेलियामा तिब्बती समुदायको प्रदर्शन « Khabarhub

अष्ट्रेलियामा तिब्बती समुदायको प्रदर्शन


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिब्बती समुदायले अष्ट्रेलियामा प्रदर्शन गरेका छन् । आफ्नो र स्वदेशमा रहेका आफ्ना परिवारको सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै अष्ट्रेलियामा रहेका तिब्बती समुदायले प्रदर्शन गरेका हुन् ।

संसद भवनमा आयोजित प्रदर्शनमा उनीहरुले धार्मिक स्वतन्त्रताको माग गरेका थिए । प्रदर्शनकारीले तिब्बती जनताविरुद्ध चिनियाँ कम्युनिष्ट पार्टीले दमन जारी राखेको भन्दै आक्रोश व्यक्त गरे ।

प्रदर्शनमा सहभागी याङ्क्यी साङ्पोले अष्ट्रेलियामा बसोबास गरिरहेका तिब्बतीलाई पनि चीनले डर देखाइरहेको र दमन गरिरहेको बताइन् । चीनमाथि सन् १९५१ मा कब्जामा लिएदेखि तिब्बतमा मानव अधिकार उल्लङ्घ गरिरहेको आरोप लाग्ने गरेको छ ।

चीनले तिब्बतमा राजनीतिक आस्थाका आधारमा मानिसहरुलाई नियन्त्रणमा लिने, यातना दिने, जबरजस्ती गर्भपतन गराउने, मानिसहरुलाई विस्थापित गर्नेजस्ता गतिविधि गर्दै आएको बताइएको छ । चीनले यस्तो आरोपको खण्डन गर्दै आएको छ ।

तिब्बतमा जन्मेकी साङ्पो चार महिनाको हुँदा उनका पितालाई जेल हालिएको थियो । त्यसपछि उनको परिवार विस्तापित हुन पुग्यो ।

हाल २६ वर्षीया साङ्पो १४ वर्ष हुँदासम्म चीनकै शासनमा हुर्किन बाध्य भइन् । १४ वर्षको उमेरमा उनी न्यूक्यसल पुगिन् ।

‘मलाई ६ वर्षको हुँदा चिनियाँ उपनिवेशवादी विद्यालयमा पढ्न बाध्य पारिएको थियो । अरु तिब्बती बच्चाजस्तै म पनि आफ्नो तिब्बती पहिचानसँग टाढिएकी थिएँ ।’ उनले भनिन् ।

‘म तिब्बती मूलकी अष्ट्रेलियन नागरिकका रुपमा सुरक्षित महसुस गर्न चाहन्छु । तिब्बती समुदायलाई चिनियाँ कम्युनिष्ट पार्टीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा डर देखाउँदै आएको छ ।’ उनले भनिन् ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ९ : ०६ बजे

दुई फर्मलाई वाणिज्य विभागको कारबाही 

काठमाडौं– नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता

डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ

सिरहा– सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न

धादिङ दुर्घटना अपडेट : यी हुन् पोखराबाट बसमा चढेका २८ यात्रु (सूची)

काठमाडौं – पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१

धादिङ दुर्घटनाको उद्धार सकियो : मृतक १८ जनामध्ये दुई विदेशी नागरिक

काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी

धादिङ दुर्घटना अपडेट : मृतकको संख्या १८ पुग्यो, २५ जना घाइते

काठमाडौं – पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा