इन्द्रजात्राको महाकाली नाचमा सहभागी कलाकारहरू (तस्बिरहरू) « Khabarhub

इन्द्रजात्राको महाकाली नाचमा सहभागी कलाकारहरू (तस्बिरहरू)


२१ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्द्रजात्रामा महाकाली नाचको प्रस्तुतिमा सहभागी कलाकारहरूले इन्द्रजात्राको क्रममा काठमाडौं दरबार स्क्वायर, हनुमान ढोकामा पवित्र नृत्य प्रदर्शन गरेका छन्।

नेवार परम्परामा देवीपूजा र राक्षसवधको प्रतीक मानिने महाकाली नाचलाई भाद्र महिनामा विशेष गरी इन्द्रजात्रा र गाईजात्रासँग जोडेर देखाइन्छ। यस नाचमा कलाकारहरूले देवी महाकालीसहित महालक्ष्मी, कुमारी, मुस्क्याखो, दैबग्य, खर्बुजा, मखा फ्यान, फाइजु, ब्याञ्जु, र गलेशी पुंखा देवीजस्ता पात्रहरूको भूमिका निर्वाह गर्छन्।

सातवटा नाच समुहहरू—खर्बुजा, दैबग्य, मुस्क्याखो, गलेशी पुंखा देवी, मखा फ्यान, फाइजु र ब्याञ्जुले प्रदर्शन गर्ने यो नाचलाई भक्तपुरमा दि प्याखं (देवी नाच) भनेर पनि चिनिन्छ। भक्तपुरको प्राचीन पहिचान बोकेको यस नाचलाई पुरातत्व विभागले अमूर्त सम्पदाको रूपमा दर्ता गरेको छ। महाकाली नाच वर्षमा दुई पटक—काठमाडौँमा इन्द्रजात्रा र भक्तपुरमा गाईजात्राका अवसरमा- मात्र प्रदर्शन गरिन्छ।

तस्बिरहरूः सफल प्रकाश श्रेष्ठ /नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ९ : २६ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि