सेनाद्वारा घाइतेको उद्धार  « Khabarhub

सेनाद्वारा घाइतेको उद्धार 


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलामको पहिरोमा परी घाइते भएका एक बालिकासहित चार जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत झापा लगिएको छ ।

पछिल्लो अविरल वर्षाका कारण इलामको सन्दकपुर नगरपालिका– ४ माबु इलाकामा पहिरोमा परी घाइते भएकालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि हेलिकप्टरद्वारा झापा अस्पताल पुर्‍याइएकाे छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, घाइते हुनेमा  एक बालिकासहित तीन महिला र एक पुरुष छन् ।

झापा मिलनबस्ती इलाकामा सेनासहितका सुरक्षा फौजके सहयोगमा गएराति मोटर बोटबाट ४८, डुङ्गाबाट ३१ र पैदलबाट १२ जना गरी ९१ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । (रासस)

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ११ : ३९ बजे

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बुधबार बस्दैछ ।