घोषित मितिमै निर्वाचन हुनुपर्छ : प्रचण्ड « Khabarhub

घोषित मितिमै निर्वाचन हुनुपर्छ : प्रचण्ड


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताएका छन् । 

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले सबै राजनीतिक दलले निर्वाचनमा सहभागी हुनुपर्ने आवश्यकता औँल्याए ।
 
संयोजक दाहालले भने, ‘माओवादीले सक्रियताका साथ निर्वाचनमा भाग लिन्छ । अन्य राजनीतिक दलसँग पनि कुराकानी भइरहेको छ । केही समयपछि त्यसको परिणाम देखिन्छ ।’

उनले पछिल्लो राजनीतिक परिस्थितिमा माओवादी कसरी अघि बढ्नुपर्छ भनेर केन्द्रीय समिति बैठकबाट निर्णय गरिसकेको स्पष्ट पारे।
 
माओवादीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागिता जनाउने निर्णय गरिसकेको छ ।

 राजनीतिक दलभित्र पुस्तान्तरणसम्बन्धी बहसलाई निष्कर्षमा पुर्‍याउन माओवादीले मौजुदा केन्द्रीय समिति भङ्ग गरेर आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने पनि निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ५ : २८ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको