आश्विन शुक्ल पूर्णिमाः हनुमानढोका दरबारमा अखिल बलिपूर्ति « Khabarhub

आश्विन शुक्ल पूर्णिमाः हनुमानढोका दरबारमा अखिल बलिपूर्ति


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हनुमानढोका दरबारको दसैँघरमा ५४ बोका र ५४ राँगाको बलि दिई अखिल बलिपूर्ति सम्पन्न गरिएको छ । आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति गरेसँगै यस वर्षको बडादसैँमा मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम पनि समाप्त हुन्छ ।

हनुमानढोका दरबार हेरचाह अड्डाका पुरातत्व अधिकृत सविताकुमारी जोशीले ५४ बोकामध्ये नौ बोकालाई दसैँघरमा र बाँकी बोका तथा ५४ राँगालाई भने हनुमानढोका दरबारको मूलचोकमा बलि दिइएको बताइन् ।

अखिल बलि पूर्ति गरिएसँगै दसैँघरमा घटस्थापनाका दिन राखिएको जमरा सेलाइएको छ । जमरा सेलाएसँगै टीका र प्रसाद लगाउने क्रम अन्त्य भएको हो ।

यसैगरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले असोज ६ गते घटस्थापनाका दिन घरघरका पूजा कोठा एवं दसैँघरमा राखेको जमरा पनि आज नजिकको ताल, तलाउ, पोखरी वा तीर्थस्थलमा सेलाएका छन् ।

आज राति धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातमा जाग्राम बसेसँगै १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व समापन गरिन्छ । आजको दिनलाई कोजाग्रत पूर्णिमा र कौमुदी पूर्णिमा पनि भन्ने गरिन्छ । आज जाग्राम बसेर महालक्ष्मीको पूजाआराधना गरे घरमा लक्ष्मीले बास गर्ने धार्मिक विश्वास छ । नेपालमा सबैभन्दा बढी समय बिदा हुने बडादसैँ पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाइन्छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ८ : ४० बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज