दागले ‘घाउको काम’ गरेपछि वर्षालाई तनाव « Khabarhub

दागले ‘घाउको काम’ गरेपछि वर्षालाई तनाव


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका वर्षा राउत स्टारर फिल्म ‘हर्ष’को बुधबार ललितपुरस्थित एक हलमा ट्रेलर रिलिज कार्यक्रम राखिएको थियो । कार्यक्रमको आकर्षण वर्षा नै थिइन् ।

‘क्लिेभज शो’ गरी लगाएको कालो कपडा उनलाई खुलेको थियो । सुन्दर देखिएकी थिइन् । फिल्मको सबैभन्दा चर्चित कलाकार भएकाले उपस्थित युट्युबरहरु (कन्टेन्ट कलेक्टर)को क्यामेरा उनीतिरै तेर्सिनु स्वभाविक नै भइहाल्यो ।

कार्यक्रमको मुख्य उद्देश्य फिल्मको कन्टेन्ट ट्रेलरको प्रचार गर्नु थियो । तर, चर्चामा वर्षाको व्यक्तिगत कुरा पर्‍यो।

कारण हो – वर्षा र संजोग कोइरालको वैवाहिक सम्बन्ध बिग्रिएको गसिप । वर्षाले केही दिनअघि नै संजोग अन्य युवतीसँग निकट रहेको दाबी गरेकी थिइन् । संजोगले अन्य युवतीसँग गरेको कुराकानीको स्क्रिनसट हाल्ने चेतावनी दिएकी थिइन् ।

फिल्मका कार्यक्रममा वर्षा र संजोग सँगै देखिदै आएका छन् । तर, उनीहरुको सम्बन्ध सुमधुर नरहेको उनीहरु निटकले नै बताउँदैछन् । पछिल्लो केही महिनायता उनीहरुको सम्बन्धमा सुधार भएको चर्चाबीच वर्षाले सामाजिक सञ्जालमा संजोगबारे त्यो आरोप लगाएकी हुन् ।

यसबारे स्पष्टीकरण दिन पत्रकारहरुले वर्षालाई अवसर पनि दिएका थिए । वर्षाले व्यक्तिगत जीवनका बारेमा नबोल्ने बताइन् । यसबारे थप चर्चा भएन । यसले उनीहरुको सम्बन्धमा सुधार आएको संकेत गर्छ ।

यो पृष्ठभूमिबाट गुज्रिएकी वर्षा ‘हर्ष’को कार्यक्रममा सहभागी भएकी हुन् ।

त्यहाँ युट्युबरहरुको नजर उनको हातमा भएको दागमा पर्‍यो । उनीहरुले त्यसैलाई हाइलाइट गरेर भिडियो सार्वजनिक गरे ।

केहीले संजोगले पिटेका कारण उक्त दाग बसेको हुन सक्ने आशंका पनि गरेका थिए । यो शंकाले वर्षाको निजी र व्यवसायिक जीवनमा कस्तो असर पर्छ ? त्यो आगामी दिनमा थाहा हुने नै छ ।

त्यसले आफ्नो आत्मसम्मानमा ठेस पुगेको महसुस भए कानुनी उपचारमा लाग्ने बाटो पनि वर्षासँग छ ।

अहिलेलाई ती कन्टेन्ट र हेडलाइनमा प्रयोग भएका शब्दमा वर्षाले आपत्ति भने जनाएकी छन् । उनले ती हेडलाइनलाई ‘व्यक्तिगत र भ्रामक’को संज्ञा दिएकी छन् ।

उनले आफ्नो हातमा भएको दाग वर्षौ पुरानो रहेको दाबी गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘आज बनेका हेडलाइनहरुले मेरो हातमा लागेको दागलाई उठाएर पूर्णरुपमा भ्रामक तरिकाले प्रस्तुत गरिएका छन् । मेरा १०–१५ वर्षअघिका तस्बिरहरु अझै पनि प्रोफाइलमै छन् । त्यही दागहरु स्पष्ट देख्न सकिन्छ ।’

वर्षाले पुराना अन्तर्वार्तामा कोशोरअवस्थामा प्रेममा हुँदा हात काटेको अभिव्यक्ति दिएको पाइन्छ । कतै ती दागहरु त्यही बेलाका त होइनन् ?

जे होस् दागले वर्षालाई घाउको काम गरेको छ । पीडा दिएको छ । त्यसैले उनी स्पष्टीकरण र आपत्ति जनाउने अवस्थामा पुगेकी छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १२ : ३५ बजे

रवि भन्छन् : दुईतिहाइको सरकारले मविरुद्ध विष हाल्यो, अब सिंहदरबार बदल्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी शर्मा

पुराना दललाई रविको चेतावनी : फागुन २१ मा आउने सुनामीको सामना गर्न तयार हुनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन

एयर चाइनाले २०२६ मा ७० हजारभन्दा बढी उडान सञ्चालन गर्ने

एजेन्सी– चीनको प्रमुख राष्ट्रिय वायुसेवा कम्पनी एयर चाइनाले सन् २०२६

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी– पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको छैन

सामाजिक सञ्जाल विधेयक संसद्‍बाट फिर्ता लिने सरकारको निर्णय

काठमाडौं– सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय