नेपालगञ्ज कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी « Khabarhub

नेपालगञ्ज कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको छ । ‘एडभोकेसी’ फोरम नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र उपभोक्ता संरक्षण मञ्च लुम्बिनी प्रदेशले संयुक्त रूपमा गरेको अनुगमनमा जेन-जी प्रदर्शनपछि बाँके कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको पाइएको हो ।

अनुगमन पश्चात् नेपालगञ्ज कारागारको अवस्था सुधार गरी कैदीबन्दीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ । कारागारमा अहिले ३५० कैदीबन्दीको क्षमता रहेकामा ८०० कैदीबन्दी तथा थुनुवा राखिएको छ । यहाँ रहेका कैदीबन्दीमध्ये सबैभन्दा बढी लागूऔषध कारोबार, जबरजस्ती करणी, कर्तव्यज्यान मुद्दाका रहेका कारागार प्रशासनले जनाएको छ । 

कारागारका जेलर प्रकाश ढुङ्गानाले महिला कैदीबन्दी गृह नभएकाले  बर्दिया कारागारमा पठाउने तयारी भइरहेको जानकारी दिए । जेन-जी प्रदर्शनका क्रममा केही कैदीबन्दी भाग्न खोजेपछि सुरक्षाकर्मीले नियन्त्रणका लागि गोली चलाउँदा कैलालीका २४ वर्षीय उमेश बमको खुट्टामा गोली लागेर घाइते भएका उल्लेख गर्दै उनले बमको अवस्था सामान्य भएपछि पुनः कारागार फर्किएका बताए। 

क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी बस्नुपर्ने अवस्था भएकाले बसोबास, स्वास्थ्य र सरसफाइमा कठिनाइ देखिएपछि सुधारका लागि आग्रह गरिएको एडभोकेसी फोरमका प्रदेश संयोजक वसन्त गौतमले बताए। उनले कारागारमा अस्थायी रूपमा एक महिलाबन्दी राखिएको भए पनि बाँकेमा महिला कैदीबन्दीका लागि छुट्टै कारागार भवनको अभाव रहेको उल्लेख गरे। 

कारागारमा कैदीबन्दीका लागि पिउने पानी, सरसफाइ र स्वास्थ्य उपचारको सामान्य सुविधा मात्र रहेको पाइएको अनुगमन टोलीले जनाएको छ । स्वच्छ पानीका लागि समरसेल र मिनरल वाटरको व्यवस्था गरिएको छ भने ए ब्लक र बी ब्लकमा गरी ११ वटा सार्वजनिक शौचालय सञ्चालनमा छन् । 

प्राथमिक तहको विद्यालय पनि सञ्चालनमा रहेको सो कारागारमा कक्षा १ देखि ५ कक्षासम्म ९८ जना कैदीबन्दीले अध्ययन गरिरहेका जेलर ढङ्गानाले जानकारी दिए । 

कारागारको प्रशासनिक भवन जीर्ण भएकाले कर्मचारीले असुरक्षित महसुस गर्दै बाहिरबाट काम गर्नुपर्ने अवस्था, अदालतबाट कैदीपुर्जी ढिलो प्राप्त हुने, पुनरावेदन म्याद ढिलाइ हुने, कैदीबन्दीका उजुरी समयमा सम्बोधन नहुनेलगायत समस्या समाधानका लागि कारागार प्रशासनलाई आग्रह गरिएको संयोजक गौतमले बताए। 
    
अनुगमनमा टोलीमा इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्य, उपभोक्ता संरक्षण मञ्चका प्रदेश उपाध्यक्ष प्रभातकुमार ठकुरीलगायत सहभागी थिए। 

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १ : ०३ बजे

कांग्रेसद्वारा विपद् व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली गठन

काठमाडौं- नेपाली कांग्रेसले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन रणनीतिक

कांग्रेस संसदीय बैठक : सुनसरीलगायतका घटनाको न्यायिक छानबिनको माग

काठमाडौं- नेपाली कांग्रेसले सुनसरीलगायत विभिन्न स्थानमा भएका घटनाको निष्पक्ष र स्वतन्त्र

कक्रोचको बलमा जनसुराजले उठायो टाउको, नेतालाई सल्लाह दिने पीकेले तोडे भाजपाको किल्ला

काठमाडौं- भारत बिहार राज्यको बाँकीपुरमा भाजपाको गढ भत्काउँदै वैकल्पिक राजनीतिक

जनार्दनको पहलमा छुट्टै राजनीतिक मोर्चा : उपेन्द्र, प्रभु, सीके र रेशमसमेत जोडिँदै

काठमाडौं- जनार्दन शर्माले मधेशवादी दलहरूसँग सहकार्य गर्ने भएका छन्। नेकपा

अर्थसंक्षेप : बजारमा ग्यासको हाहाकार, महँगी नियन्त्रण गर्न नसक्दा सरकारको आलोचना र राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षणराष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक