काठमाडौं– पुष्पसदन आवासीय माध्यमिक विद्यालयको आयोजनामा चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ३ विधामा विभिन्न विद्यालयका ५१ टिमले प्रतिस्पर्धा गर्ने पुष्पसदनका संस्थापक एवं निर्देशक महेश श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
सिनियर ब्वाइजमा १९, जुनियर ब्वाइजमा ७ र गल्र्समा २५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । गल्र्सको प्रतिस्पर्धा थ्री बाइ थ्री ढाँचामा हुनेछ ।
सामुदायिक विद्यालयका लागि प्रवेश निःशुल्क गरिएको प्रतियोगिता मंसिर १ गतेसम्म किर्तिपुरस्थित आयोजककै कोर्टमा हुनेछ ।
संस्थापक श्रेष्ठले विभिन्न स्तरका बुद्धिचाल, टेबलटेनिस, फुटसल र तानडोरी प्रतियोगिता आयोजना गर्दै आएकोमा चाँडै क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारीमा रहेको बताए ।













प्रतिक्रिया