सुदूरपश्चिम रोयल्सको ‘कन्फिडेन्स’ पार्टनर बन्यो फोलिड्रम « Khabarhub

सुदूरपश्चिम रोयल्सको ‘कन्फिडेन्स’ पार्टनर बन्यो फोलिड्रम


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फोलिड्रम नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्ससँग ‘कन्फिडेन्स’ पार्टनरका रूपमा जोडिएको छ । यससम्बन्धी सम्झौता फोलिड्रम र सुदूरपश्चिम रोयल्सबीच बिहीबार सम्पन्न भएको हो । 

सम्झौतापत्रमा फोलिड्रमकी चिफ कमर्सियल अफिसर (सीसीओ) पल्लवी बाजोरिया र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले हस्ताक्षर गरे ।

सम्झौतापछि सुदूरपश्चिमका सीईओ प्रकाश खड्काले देशकै ठूलो कपाल प्रत्यारोपण सेवा प्रदायक फोलिड्रमसँग सहकार्य गर्न पाउँदा टिमलाई थप ऊर्जा मिल्ने बताए । 

उनले भने, ‘देशकै ठूलो कपाल प्रत्यारोपण गर्ने फोलिड्रमसँग सहकार्य गर्न पाउँदा हामी खुशी छौँ । यसले मैदानमा पनि ‘कन्फिडेन्स’ बढाउने छ ।’

यसैगरी, बाजोरियाले ‘कन्फिडेन्स’ पार्टनरका रूपमा यो सहकार्य गर्न पाउँदा निकै उत्साहित भएको बताइन् । उनले यो सहकार्यले फोलिड्रमलाई काठमाडौँ बाहिर विस्तार हुन पनि ठूलो प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् ।

सुदूरपश्चिम रोयल्सको टोलीमा दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ६ : ३४ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको