जिल्ला समन्वय समिति अछाममा डेढ महिनादेखि तालाबन्दी « Khabarhub

जिल्ला समन्वय समिति अछाममा डेढ महिनादेखि तालाबन्दी


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

अछाम- जिल्ला समन्वय समितिको कार्यालय अछाममा डेढ महिनादेखि तालाबन्दी गरिएको छ । जसका कारण उक्त कार्यालयले योजना अनुगमनसहित नियमति काम गर्न पाएको छैन ।

कार्यालयमा कार्यरत तीन जना करार कर्मचारीलाई अवकाशमा पठाएपछि विरोधमा ताला लगाइएको हो । उनीहरूले साउनदेखि पारिश्रम नपाएको र म्याद थप नगरको भन्दै कार्यालयमा तालाबन्दी गरेका थिए ।

कार्यालयमा कार्यरत विक्रम भुल, पुष्पराज भाट र खेम केसीले आफ्नो माग सम्बोधन नभएको भन्दै तालाबन्दी गरेका थिए ।

करारका कर्मचारी राख्ने या हटाउने भन्ने कुरामा जिल्ला समुन्वय समितिको बैठकमा मत बाझिएको थियो ।

समन्वय प्रमुख ललित बहादुर कुँवरले करारका कर्मचारीलाई हटाएर मितव्ययी हुनुपर्ने बताउँदै आएका थिए । तर त्यही विवाद बढ्दा कार्यालयमा निरन्तर ताला भएको हो ।

समन्वय समितिको कार्यालयले करारका कर्मचारीलाई म्याद नथपेको विषयले विवाद बढाएपछि असोज ९ गतेदेखि लगाएको ताला खोल्न पनि कसैले पहल गरेका छैनन् ।

समन्वय समितिमा ताला लगाउने कुरामा स्थानीय दलका नेताहरू पनि मुछिएका छन् । ‘यहाँको कार्यालयमा ताला लगाउने कुरामा पार्टीले पनि खेलेका छन्’, समितिका एक कर्मचारीले भने, ‘ताला त छँदै छ यहाँ कार्यालयमा कर्मचारीका तर्फबाट प्रमुख बनेर आएकालाई समेत नस्वीकार्ने समस्या छ ।

समन्वय समितिकी उपप्रमुख दानमति बम शाहीले कर्मचारीलाई पनि नस्वीकार्दा समस्या भएको छ । समन्वय समितिले तलब दिइरहन नसक्ने भन्दै दुईजना चालक र अर्का कार्यालय सहयोगी हटाएको विवादमा कांग्रेससहित दलकै नेताले गिजोल्ने काम गरेकाले समस्या भएको हो ।

यो समितिमा प्रमुख ललितबहादुर कुवँर र उपप्रमुख दानमति बम शाहीबीच कुरा मिल्न सकेको छैन । स्रोतका अनुसार उप्रमुख शाहीले प्रमुख कुँवरको लेटर प्याड र छापसमेत प्रयोग गरेको विषयमा पनि कानुनी झमेला चलिरहेको छ ।

समितिमा भएको विवादै विवादमा उपप्रमुमख दानमति बमशाहीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दासमेत परेको छ ।
जिल्ला प्रशासन कार्यालयका एक अधिकारीका अनुसार अख्तियारले उजुरीबारेमा छानबिनका लागि पत्र पठाएको छ ।

जिल्ला प्रशासनले उक्त उजुरीबारेमा बुझ्नका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखिसकेको छ । त्यसपछि प्रहरीले जिल्ला समन्वय समितिलाई आवश्यक विवरण माग्दै पत्र लेखेको छ ।

तर उपप्रमुख बमशाहीले कार्यालयबाट पत्र लेख्न नदिएका कारण त्यो प्रकरण अल्झिएर बसेको छ । समन्वयसँगै अन्य पालिकासँग पनि अख्तियारले जवाफ मागेको स्रोतले जनाएको छ। तर पालिकाहरूलाई पनि प्रभावित बनाएर पत्र लेख्न नदिएको खुलेको छ ।

यो विवादबारेमा प्रमुख कुँवरले मुख खोल्न चाहेनन् । उता बमशाहीले पनि यसबारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।

अर्कातिर जिल्ला समन्वय समिति अछामको कार्यालय परिसरभित्रको एक भवन पाँच वर्षदेखि अनाधिकृत रूपमा एक व्यक्तिले कब्जा गरेका छन् ।

मंगलसेन नगरपालिका–५ का राइजु भाटले कांग्रेस नेताको आडमा समितिको शौचालयसहितको कोठा पाँच वर्षदेखि प्रयोग गरिरहेका छन् ।

कार्यालयका अन्य कोठा भाडामा दिइरहँदा भाटले बिनाभाडा कोठा र शौचालय प्रयोग गर्दै आएका छन्। उनले जिल्ला समन्वय समितिकै बिजुली प्रयोग गरेको खुलेको छ।

समन्वय समितिले कोठा खाली गराउन पत्राचार गरे पनि दलका नेताको आडमा अटेर गरेको खुलेको छ । समितिले भाटलाई पाँच पटकसम्म पत्र पठाइसकेको छ।

समितिले जिल्ला प्रहरी कार्यालय अछामलाई पनि सहयोगका लागि पत्र लेखेको थियो । तर प्रहरी पनि राजनीतिक दबाबमा परेर मौन बसेको छ। जिल्ला समन्वय समिति उपप्रमुख दानमति बम शाहीले भाटको पनि उनलाई संरक्षण मिलेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ६ : २४ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका