अस्ट्रेलियाविरुद्धको टी–२० सिरिजमा भारतको अग्रता « Khabarhub

अस्ट्रेलियाविरुद्धको टी–२० सिरिजमा भारतको अग्रता


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले टी–२० सिरिजको चौथो खेलमा अस्ट्रेलियालाई ४८ रनले पराजित गर्दै श्रृंखलामा २–१ को अग्रता कायम गरेको छ। पाँच खेलको शृङ्खलामा पहिलो खेल रद्ध भएको थियो ।

उत्कृष्ट ब्याटिङ र अनुशासित बलिङ प्रदर्शनको सहायतामा भारतले सहज जित निकाल्न सफल भएको हो। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित २० ओभरम ७ विकेट गुमाउँदै १६९ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो ।

उसका लागि ओपनर शुभमन गिलले ३९ बलमा ४६ रनको पारी खेले भने शिवम दुबेले २२ र कप्तान सूर्यकुमार यादवले २० रन जोडे। अन्त्यतिर अक्षर पटेलले २१ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए।

बलिङतर्फ अस्ट्रेलियाका नाथन एलिस सर्वाधिक सफल बलर बने। उनले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए। अन्य बलरहरुले भारतका ब्याट्सम्यानलाई दबाबमा राख्न सकेनन् ।

जवाफमा अस्ट्रेलिया १८.१ ओभरमै १२१ रनमा समेटियो। भारतका बलरहरुले सुरुदेखि नै कडा लाइन–लेन्थ कायम राख्दै अस्ट्रेलियाको मध्यक्रमलाई धरासायी पारे। आवेश खान र अक्षर पटेलले समान दुई–दुई विकेट लिए भने युजवेन्द्र चहल र वाशिङटन सुन्दरले पनि प्रभावकारी प्रदर्शन गरे।

यस जितसँगै भारतले पाँच खेलको श्रृंखला २–१ को अग्रता सहित नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ८ : ४४ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको