१२ लाख लाइसेन्स छापिँदै, ६ महिनाभित्र वितरण गरिने « Khabarhub

१२ लाख लाइसेन्स छापिँदै, ६ महिनाभित्र वितरण गरिने


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । यातायात व्यवस्था विभागले शुक्रबारदेखि सवारीचालक अनुमति पत्र (लाइसेन्स) छाप्ने भएको छ। काभ्रेमा रहेको सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्सको छपाइ थालिने विभागका कार्यकारी निर्देशक देवराज ढुंगानाले बताए।

विभागले पहिलो चरणमा दैनिक ५ सय वटा लाइसेन्स छाप्ने तयारी गरेको छ। ढुंगानाका अनुसार जम्मा १२ लाखप्रति लाइसेन्स छापिनेछ। छपाइको सुरुवात शुक्रबार सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले गर्ने कार्यक्रम तय भएको छ।

अहिले छपाइ भएका लाइसेन्स प्रक्रिया पूरा गरेर ६ महिनाभित्रै वितरणको तयारी भइरहेको सुरक्षण मुद्रण विभागले जनाएको छ।

गएको ९ जेठमा यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणबीच बाँकी लाइसेन्स छाप्ने समझदारी भएको थियो।

सवारीचालक अनुमतिपत्र छपाइको लागि यातायात व्यवस्था विभागले केन्द्रलाई करिब २७ करोड रुपैयाँ उपलब्ध गराउने छ। यसपटकको छपाइ यसअघि यातायात व्यवस्था विभागले छापेको भन्दा प्रति लाइसेन्समै एक सय रुपैयाँ सस्तो पर्ने बताइएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ८ : ४९ बजे

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका