पाकिस्तानको बलोचिस्तानमा मानव अधिकार उल्लङ्घनका घटना बढ्यो « Khabarhub

पाकिस्तानको बलोचिस्तानमा मानव अधिकार उल्लङ्घनका घटना बढ्यो


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बलोचिस्तान प्रान्तमा जबरजस्ती बेपत्ता, गैरन्यायिक पक्राउ तथा अज्ञात व्यक्तिको शव फेला पर्ने क्रम बढेको पाइएको छ । यसबाट सो क्षेत्रमा मानव अधिकार उल्लङ्घनका घटना बढिरहेको देखिएको छ ।

स्थानीय स्रोतलाई उद्धृत गर्दै द स्टेट्सम्यानले जनाएअनुसार विभिन्न जिल्लाबाट जबरजस्ती बेपत्ता पारिएका घटना, गैरन्यायिक पक्राउ तथा अज्ञात शव फेला पर्ने घटनाका विवरण सार्वजनिक भएका हुन् । समाचारमा जनाइएअनुसार केही दिनअघि पञ्जपुर जिल्लाको साइकी बजारबाट अब्दुल खालिकलाई सुरक्षाकर्मीले बेपत्ता पारेका थिए ।

उनलाई नजिकै रहेको चौकीमा डाकिएको र त्यहीँबाट उनी बेपत्ता भएको जनाइएको छ । त्यसयता परिवारले उनीसँग सम्पर्क गर्न सकेको छैन ।

बलोचिस्तान पोस्टका अनुसार उनलाई अदालतमा उपस्थित गराउन अन्यथा तत्काल रिहा गर्न आफन्तले माग गरेका छन् । त्यसैगरी, हालै तुर्बत र मस्तुङ जिल्लामा दुई अज्ञात व्यक्तिको शव फेला परेको छ ।

प्रहरीले पोस्टमार्टमका लागि उनीहरुको शव नजिकैको अस्पताल पुर्‍याएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ३ : १० बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग