आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर २० गते शनिबार तदनुसार सन् २०२५ डिसेम्बर ६ तारिख । पुष कृष्ण पक्षको द्वित्तिया तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । राज्यका तर्फबाट त्रास हुनेछ ।

वृष : हरेक क्षेत्रमा सफलता प्राप्त हुने दिन छ । स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा राम्रो वातावरण भएकाले मन खुशी हुनेछ । बिहान धार्मिक कार्यमा सक्रिय भएर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ ।

मिथुन : मिष्ठान्न भोजन  मिल्ने छ । रमाइलो यात्रा हुने योग छ । खर्च बढ्नेछ । परिवारको सल्लाह अनुसार अगाडि बढेमा फाइदा हाेला । प्रेम सम्बन्ध सुमधुर बन्ने छ ।

कर्कट : स्वदेशमा रोजगारीका विकल्प भेटिनेछन् । ठुला उद्योगको सुरुवात गर्नुभन्दा भएको सम्पत्तिको सुरक्षा गर्नु राम्रो हुनेछ । तपाईंको काममा परिवारबाट विरोध हुनेछ । परिवारमा संकट भए पनि स्वास्थ्यले साथ दिनेछ।

सिंह : आम्दानीका दृष्टिले दिन राम्रो छ । आफन्तले भन्दा अपरिचित व्यक्तिले सहयोग गर्नेछन् । आफ्नो बोलीले आफैंलाई पश्चाताप हुनेछ । दाम्पत्य जीवन सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कन्या : दिन राम्रो छ । मन खुशी हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । लगानी गरेको भए फाइदा हुनेछ । विपक्षी शान्त रहेकाले काम गर्न सहज हुनेछ । परिवारको साथ मिल्नेछ ।

तुला : स्वास्थ्यमा समस्या हुनसक्छ । बौद्धिक व्यक्तिको सल्लाहमा अगाडि बढेमा काम सहजै बन्नेछ । परिवारले भन्दा बाहिरका साथीले प्रशंसा गर्नेछन् ।

वृश्चिक : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । आर्थिक र सामाजिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । न्यायको लडाइँमा भए तपाईंको पक्षमा फैसला हुनेछ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ ।

धनु : बोलीको प्रभावले काम बन्नेछ । मनमा भएका कुरा भन्नु राम्रो हुनेछ । रोगबाट मुक्त हुने योग छ । स्वास्थ्यमा लामो समयदेखि देखिएको समस्याको उपचार हुनेछ । साथीभाइको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ । 

मकर : सञ्चित धन खर्च हुनेछ । सोचेका काममा बाधा र अड्चन हुनेछ । शरीरमा आलश्यता बढ्नेछ । बिहान उठेर शिवको भजन सुन्न सकेमा दिन सहज बन्नेछ । हरेक काममा परिवारको साथ मिल्नेछ ।

कुम्भ : दिन रमाइलो छ । राज्यको तर्फबाट राहत मिल्नेछ । माथिल्लो निकायबाट प्राप्त हुने सहयोगले मन शान्त हुनेछ । पारिवारिक मिलन हुने दिन छ ।

मीन : विरोध गर्नेहरु बढ्नेछन् । खानपानमा समस्या हुनसक्छ । साथीभाइसँगको सहकार्यमा घाटा हुनेछ । बिहान उठेर सूर्यलाई अर्घ दिएर दिनको सुरुवात गरेमा दैनिक काम सहजै बन्नेछन् । 

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ५ : ४० बजे

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

राँझा– बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ ।

सुरक्षण मुद्रण केन्द्र : दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक– पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

ढोरपाटन– ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन्

चालीस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री-वितरण नगर्न विभागको निर्देशन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य

निर्वाचन आउन ५५ दिन बाँकी : १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौं– निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक