मुढा बनाउने सीप सिक्दै दिक्तेलका महिला « Khabarhub

मुढा बनाउने सीप सिक्दै दिक्तेलका महिला


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– बेरोजगार रहेका स्थानीय महिलालाई लक्षित गरी दिक्तेल बजारमा मुढा बनाउने सीप विकास तालिम सुरु गरिएको छ । 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको कालिका वडास्तरीय महिला समूहको आयोजना तथा टेवा संस्था नेपालको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । 

स्थानीय देविस्थान एकता समाज दिक्तेलको सभाहलमा सञ्चालन भइरहेको तालिममा सहभागी महिलाले मुढा उत्पादनका आधारभूतदेखि व्यवहारिक सीप सिकिरहेका छन् । तालिमले बेरोजगार रहेका महिलालाई आत्मनिर्भर बनाउनका साथै घरायसी आम्दानी बढाउन सहयोग गर्ने अपेक्षा गरिएको महिला समूहकी अध्यक्ष लोकमाया थापा ‘गीता’ले जानकारी दिइन्। 

तालिममा सहभागी महिलालाई घर तथा कार्यालयमा प्रयोग हुने मुढा विभिन्न प्रकार तथा गुणस्तरीय तरिकाले उत्पादन गर्ने विधि सिकाइने जनाइएको छ । फुर्सदिला महिलाका लागि स्थानीयस्तरमै रोजगारी सृजना गर्ने उद्देश्यसहित सुरु गरिएको यो तालिमले महिलाको सीप अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । 

तालिममा कालिका वडास्तरीय महिला समूहमा आबद्ध ११ जना महिला तथा स्थानीय एक महिला र एक पुरुषगरी १३ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । दश दिनसम्म सञ्चालन हुने तालिमको सहजीकरण सिटिइभिटिइबाट मान्यताप्राप्त प्रशिक्षक भलकाजी विश्वकर्माले गरिरहेकी छन् । 

तालिममा सहभागी महिलाले बाँसको कप्टेरा, नाइनल (प्लाष्टिक)को डोरी र साइकलको टायर प्रयोग गरेर विभिन्न प्रकारका मुढा निर्माण गरिरहेका छन् । बेरोजगार अवस्थामा दिन बिताउँदै आएका स्थानीय महिलाहरू आफ्नै गाउँमा सञ्चालित व्यावसायिक तालिममा सहभागी हुन पाएपछि उत्साहित भएका छन् । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा उक्त सामग्री प्रयोग गरेर निर्माण गरिएको एउटा मुढाको मूल्य रु ५०० देखि रु ७५० सम्म पर्ने गरेको छ । वर्ष दिनअघिमात्र स्थापना गरिएको कालिका वडास्तरीय महिला समूहले यसअघि नेतृत्व विकास तालिम तथा मानव सेवाका गतिविधि सञ्चालन गर्दै आएको थियो ।
 

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  १० : ४६ बजे

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि